‘उनले मबाट प्रेम...’ सुकेशले जेलबाट लेखे चिट्ठी, ज्याकलिनबारे खोले राज
ठगीको आरोप लागेका सुकेश चन्द्रशेखर दिल्लीको मंडोली जेलमा बन्द छन् । सुकेशसँग मनी लन्ड्रिङ केसमा बलिउड नायिका ज्याकलिन फर्नान्डिस पनि आरोपको घेरामा छिन् । सुकेशले अब जेलबाट आफ्ना वकिललाई चिट्ठी लेखेका छन् जसमा सुकेशले ज्याकलिन फर्नान्डिसको विषयमा खुलासा गरिएको छ । चिट्ठीमा सुकेशले आफ्नो मुद्दामा ज्याकलिनमाथि लागेको आरोपमा के भने ?
सुकेशले ज्याकलिनको विषयमा यस्तो भने
सुकेश चन्द्रशेखरले आफ्नो वकिललाई लेखेको पत्रमा भने, ‘२०० करोडको घोटालामा बलिउड नायिका ज्याकलिन फर्नान्डिसको कुनै भूमिका छैन । मैले ज्याकलिनलाई जति पनि महँगा उपहार, कार दिएँ, ती सबै मैले नायिकासँग सम्बन्धमा हुँदा दिएको थिएँ ।’
उनले दाबी गर्दै भने, ‘रेनबेक्सीको पूर्व मालिकको रिहाईका लागि पैरवी गर्नका लागि मलाई २०० करोड भारु दिइएको थियो ।’
ज्याकलिनलाई निर्दोष बताए
सुकेशले आफ्नो चिट्ठीमा लेखे, ‘यो निकै दुर्भाग्यपूर्ण हो कि पिएमएलए मामिलामा ज्याकलिनलाई आरोपी बनाइएको छ । मैले पहिला नै स्पष्ट रुपमा भनेको थिएँ कि हामी एक सम्बन्धमा थियौँ र मैले त्यहि सम्बन्धअन्तर्गत उनलाई र उनको परिवारलाई उपहार दिएको थिएँ । यसमा उनको के दोष ?’
सुकेशले थपे, ‘ज्याकलिनले मबाट प्रेम र साथबाहेक केही पनि मागेकी थिइनन् । ज्याकलिन र उनको परिवारमाथि खर्च गरिएको एक–एक पैसा कानुनी रुपमा कमाइएको थियो र यो छिट्टै ट्रायल कोर्टमा साबित हुनेछ ।’
‘ज्याकलिनलाई जबरजस्ती तानियो’
सुकेशले मनी लन्ड्रिङ केसमा ज्याकलिन र उनको परिवारलाई तान्न कुनै आवश्यक नभएको पनि बताए । सुकेशले लेखे, ‘भोलिको दिनमा म अदालतमा प्रमाणित गरिदिन्छु कि ठगीको मामिलामा ज्याकलिन र उनको परिवारलाई जबर्जस्ती तानिएको छ । यसमा उनीहरुको कुनै गल्ती छैन । म ज्याकलिनलाई त्यो सबै फिर्ता दिनेछु जुन उनले गुमाएकी छिन् र उनलाई पूर्ण रुपमा निर्दोष साबित गरेरै छाड्छु । ’
सुकेशले आफूमाथि चलिरहेको ठगीको ममिलालाई राजनीतिक षड्यन्त्र बताएका छन् ।
ज्याकलिनले पाइन् अदालतबाट राहत
ज्याकलिन फर्नान्डिसको कुरा गर्नुपर्दा दिवालीको मौकामा उनलाई अदालतबाट राहत दिइएको छ । २०० करोड मनी लन्ड्रिङ केसमा ज्याकलिनको अन्तरिम जमानत १० नोभेम्बरसम्म बढाइएको छ । २२ अक्टोबरमा मनी लन्ड्रिङ केसमा ज्याकलिन फर्नान्डिस अदालतमा पेश भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

