सर्वसाधारणलाई तत्काल खेर्सन छोड्न रुस समर्थित अधिकारीहरूको उर्दी
कब्जा गरिएको खेर्सनमा रुसी–स्थापित अधिकारीहरूले त्यहाँका बासिन्दाहरूलाई ‘तत्काल’ छोड्न आग्रह गरेका छन् किनभने उनीहरूले युक्रेनी सेनाले दक्षिणी युक्रेनको सहरलाई पुनः दावी गर्न प्रतिआक्रामक अभियान चलाउने अपेक्षा गरेका छन् ।
क्षेत्रीय प्रशासनले टेलिग्राममा एक सन्देश पोस्ट गरेको छ जसमा नागरिकहरूलाई खेर्सन शहर छोड्न माग गरिएको थियो । तनावपूर्ण अवस्था र युक्रेनी सेनाले ‘आतंकवादी हमला’ गर्न सक्ने भन्दै सर्वसाधाणलाई खेर्सन सहर छोड्न भनिएको छ । नदी तरेर रुसी भूभागमा प्रवेश गर्न उनीहरूले सर्वसाधारणलाई डुंगा प्रयोग गर्न पनि सुझाव दिएका छन् ।
रुसले युद्धको प्रारम्भिक दिनमा क्षेत्रीय राजधानी सहर खेरसन कब्जा गरेको थियो र त्यसपछिका महिनाहरूमा क्षेत्रका अन्य भागहरू कब्जा गरेको थियो । खेरसन राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना अवैध रूपमा कब्जा गरेको चार क्षेत्रमध्ये एक हो । युक्रेनी सेनाद्वारा जारी काउंटर–आक्रमणबीच बिहीबार पुटिनले खेर्सनलगायतका केही क्षेत्रहरूमा मार्शल ल घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण