जम्बो ब्राभोको नयाँ शो रुम नागपोखरीमा, क्यापाचिनोको बिक्री वितरण शुरु
लोकप्रिय इलेक्ट्रिक स्कुटर जम्बो ब्राभोको नयाँ शो रुम नक्सालस्थित नागपोखरीमा खुलेको छ । आइतबार एक विशेष कार्यक्रमबीच कम्पनीले उक्त शो रुमको उद्घाटन गरेको हो । सोही अवसरमा कम्पनीले ब्रान्डको उत्कृष्ट क्यापाचिनो एस इलेक्ट्रीक स्कुटरसमेत सार्वजनिक गरेको छ ।
जम्बो ब्राभो इलेक्ट्रिक स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी जम्बो मोटर्सले ४ लाख २९ हजार रुपैयाँ तोकेर क्यापाचिनो एसको बिक्री सुरु गरेको हो । उक्त कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष विनोद न्यौपानेले भने, ‘हामी पहिलादेखि नै हेटौडामा इलेक्ट्रिक दुई पाग्रे तथा तीन पाग्रे सवारी साधन विक्री गर्दै आएका छौं, काठमाडौंमा समेत हाम्रो स्कुटरको माग बढ्दै गएका कारण आज हामीले यहाँ नक्सालमा सो रुम संचालनमा ल्याएका छौ’ उनले भने,‘गुणस्तरीय इलेक्ट्रिक स्कुटर ग्राहकलाई उपलब्ध गराउने छौं ।’ क्यापाचिनो एक पटकको फुल चार्जमा १४० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।
कम्पनीले सार्वजनिक गरेको क्यापाचिनो इलेक्ट्रिक स्कुटरमा ५५ एम्पीयर ७२ भोल्टको लिथियम आयन ब्याट्री रहेको छ । यसमा ६ किलोवाट पिक क्षमताको मोटर प्रयोग गरिएको कम्पनीले जनाएको छ । यो स्कुटरको टप स्पीड क्षमता भने ८० किलोमिटर प्रतिघन्टा रहेको छ ।
क्यापाचिनोमा २८ लिटर क्षमताको ठुलो बुट स्पेस रहेको छ । त्यस्तै, यसमा ब्लुटुथ कनेक्टिभिटी सहितको फुल डिजिल डिस्प्ले रहेको छ भने– कि लेस स्टार्ट, एलइडी लाइट्स, डबल डिस्क ब्रेक, सिबिसी ब्रेकिङ जस्ता फिचर पाउन सकिन्छ ।
जम्बो मोटर्सले विगत १० वर्षदेखि विद्युतीय सवारी साधनको बिक्री वितरण गर्दै आएको छ । कम्पनीले जम्बो तथा ओपाइ ब्रान्डका इलेक्ट्रिक स्कुटरहरू बिक्री गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण