प्रदेश १ : पार्टीहरूको प्रतिबद्धता खोइ ?
आगामी मंसिर ४ गते हुन लागेको संघ र प्रदेशको निर्वाचन हुने मिति नजिकिँदै गर्दा प्रदेश १ का राजनीतिक पार्टीहरूले भने प्रदेशलाई कस्तो बनाउने भन्ने विषय अझै सार्वजनिक गर्न सकेका छैनन् ।
संघीयता स्थापना भएपछि प्रदेश १ को मुख्य मुद्दा नामाकरण हुन सकेको छैन । यस्तै प्रदेशको स्थायी संरचना पनि बनेन । विकास निर्माणमा भने संघीय सरकारको भन्दा प्रदेशको गति केही बढेको देखिन्छ । प्रदेश १ सरकारले विभिन्न बहुवर्षीय आयोजनाहरुमार्फत पूर्वाधार निर्माणमा उल्लेख्य फड्को मार्ने कोशिस गरेको छ । यस्तै खानेपानी र स्वास्थ्य संरचनामा पनि उलेख्य प्रगति गरेको तथ्यांक छ ।
यद्यपि प्रदेशले पाएको संवैधानिक अधिकार प्रयोगमा विगत पाँच वर्ष उल्लेख्य हुन सकेछ । अबको निर्वाचन पछि बन्ने सरकारले कस्तो खालको प्रदेश निर्माण गर्ने ? विकासको मोडल कस्तो हुने ? सुशासन र पारदर्शीतामा कस्तो रणनीति अपनाउने भन्ने विषयमा ठूला पार्टीहरुले आफ्ना प्रतिबद्धता तथा घोषणापत्रहरू भने अझै सार्वजनिक गरेका छैनन् ।
प्रदेश १ मा काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीबीच संयुक्त गठबन्धन छ । उक्त गठबन्धनको तर्फबाट संयुक्त प्रतिबद्धता सार्वजनिक गरिने नेकपा (एकीकृत समाजवादी)का नेता महेश रेग्मीले जानकारी दिए । ‘हामीले छलफल गरिरहेका छौं, चाडवाडको कारण अहिले आउन सकेन, अब तिहार–छैठपछि आउँछ,’ रेग्मीले भने । रेग्मीका अनुसार नेकपा एसले छुट्टै घोषणा पत्र भने नबनाउने भएको छ । केन्द्रले नै सबै विषय समेट्ने भएको कारण प्रदेशमा छुट्टै घोषणा पत्र नबनाउने छलफल भएको उनले बताए ।
यता, नेकपा (माओवादी केन्द्र)ले भने आफ्नो छुट्टै प्रतिबद्धतापत्र तयार पारेको छ । तिहारपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रतिबद्धता पत्रमा प्रदेश १ लाई पहिचानसहितको नामाकरण गर्ने, प्रदेश १ सरकारको राजधानीमा स्थायी संरचना निर्माण गर्ने, संविधान अनुसार प्रदेशमा हस्तान्तरण हुन बाँकी रहेका संघीय मन्त्रालय मातहतका निकाय र संवैधानिक अधिकार प्रदेश मातहत ल्याउने, संघीयता कार्यान्वयन र प्रदेशलाई बलियो बनाउन आवश्यक संरचना, कानून र नीति निर्माण गरि कार्यान्वयन गर्ने, प्रदेश प्रहरी गठन गरि शान्ति सुरक्षाको सुदृढ व्यवस्थापन गर्ने लगायतका विषय समेटिएको प्रदेश १ माओवादी केन्द्रका उपाध्यक्ष मणिकुमार साम्पाङ (विजय)ले जानकारी दिए । माओवादी केन्द्रका प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले गठबन्धनको तर्फबाट संयुक्त प्रतिबद्धता पनि आउने र पार्टीको तर्फबाट एकल प्रतिबद्धता पनि आउने बताए ।
यता, नेकपा एमालेले पनि प्रदेश १ को विकास र समृद्धिलाई केन्द्रमा राखेर घोषणा पत्र ल्याउने तयारी गरेको छ । एमालेका प्रदेश १ अध्यक्ष तुलसी प्रसाद न्यौपानेका अनुसार केही दिनमा घोषणापत्र सार्वजनिक हुनेछ । ‘हामी तयारी गरिरहेका छौं, विकास र समृद्धि, सुशासन, प्रदेशका संरचना निर्माण, केही ठूला आयोजनाहरुको सुरुवातका काम गर्ने गरी घोषणापत्र तयार हुँदैछ,’ न्यौपानेले भने, ‘दुई, चार दिनपछि हामी सार्वजनिक गर्छौं ।’
नेपाली काँग्रेसले पनि आफ्नो घोषणा पत्र छुट्टै निर्माण गर्न लागेको बताएको छ । काँग्रेसका प्रदेश १ उपसभापति सन्तोष फुयाँलले तिहार र छैठपछि घोषणापत्र सार्वजनिक हुने बताए । ‘धमाधम निर्माण हुँदैछ, अन्तिम रुप दिन छलफल भइरहेको छ,’ फुयालले भने, ‘अब केही दिनमा सार्वजनिक हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण