बङ्गलादेशमा आँधीबाट २८ जनाको मृत्यु, लाखौँ प्रभावित
बङ्गलादेशमा ‘सित्राङ’ नामको आँधीबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । सित्राङबाट लाखौँ मानिस प्रभावित भएका बताइएको छ । आँधीका कारण यहाँका लाखौँ व्यक्ति विद्युतविहीन भएका अधिकारीले बुधबार जानकारी दिएका छन् । उद्धारकर्मीले ड्रेजर डुङ्गाका चालक दलका चार जना सदस्यको शव बुधबार फेला पारेका थिए । यसपछि सो आँधीबाट ज्यान जानेको सङ्खया २८ पुगेको बताइएको छ ।
बङ्गलादेशमा आँधी र तुफानको खतरा रहने गरेको छ । तर वैज्ञानिकले जलवायु परिवर्तनले तिनीलाई अझ तीव्र र बारम्बारको खतरा बनाउँदैछ । सित्राङ नामक यस आँधी दक्षिणी बङ्गलादेशमा अवतरण गरेको जनाइएको थियो । त्यस लगत्तै मानिसलाई यसले प्रभावित पारेको हो ।
अधिकारीले यस शक्तिशाली आँधी आउनुअघि करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा पु¥याउन सफल भएको बताएका थिए । सो आँधीको गति ८० किलोमिटर (५५ माइल) प्रति घण्टा रहेको र यसले अझै पनि लाखौँ मानिसको घर रहेको देशको घना जनसङ्ख्या भएको तल्लो तटीय क्षेत्रमा विनाश गर्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक
-
अख्तियारको सेलेक्टिभ न्याय : ‘ठुला माछा’ फसेको काण्डमा यसरी उम्किए रामदेव र बालकृष्ण
-
डोटीमा बोलेरो जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
-
सङ्कटमा थाई प्रधानमन्त्रीको कुर्सी, के हो विवाद ?
-
कांग्रेस–एमालेबिचको एक वर्ष पुरानो ७ बुँदे सहमति : ओलीको शासन भयो, काम भएन
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने