रुपन्देही–२ मा जनमुक्ति पार्टीका थापालाई समर्थन गर्ने सत्ता गठबन्धनको निर्णय
सत्ता गठबन्धनले रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको छ । पाँच दलीय सत्ता गठबन्धनको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि गठबन्धनका शीर्ष नेताहरुले एक विज्ञप्ति जारी गरी थापालाई गठबन्धनको तर्फबाट साझा उम्मेदवारका रुपमा समर्थन गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । रुपन्देही २ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजु गुरुङले उम्मेदवारी दिएका थिए । चेक बाउन्नसम्बन्धी मुद्दाका कारण निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो ।
निर्वाचन अधिकृतको कार्यालयले उनी उम्मेदवार हुन अयोग्य भएको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो । निर्वाचन अधिकृतको कार्यालयको सो निर्णयविरुद्ध गुरुङ असोज २७ गते रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका थिए । तर सर्वोच्च अदालतले पनि यही कात्तिक ४ गते गठबन्धनको उम्मेदवार रहेका एकीकृत समाजवादीका गुरुङको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङ उम्मेदवारी कायम गरिपाँउ भनि माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

