पाकिस्तानविरुद्ध धमाकेदार प्रदर्शन गरेका कोहलीको वरियतामा छलाङ
टी–२० विश्वकपमा पाकिस्तानविरुद्ध ८२ रनको म्याच-विनिङ इनिङ खेलेका विराट कोहली आइसीसीको पछिल्लो टी–२० वरीयतामा पाँच स्थानमाथि उक्लिएका छन् ।
बुधबार सार्वजनिक भएको टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा कोहली फेरि शीर्ष १० मा परेका छन् र नवौँ स्थानमा आइपुगेका छन् । कोहलीले अक्टोबर २३ मा मेलबर्नमा शानदार इनिङ खेलेका थिए । ३३ वर्षीय ब्याट्सम्यानले आफ्नो इनिङ्समा ६ चौका र चार छक्का प्रहार गरेका थिए ।
पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान शीर्ष स्थानमा कायमै छन् भने न्युजिल्यान्डका डेभोन कोनवे तीन स्थान उक्लेर दोस्रो स्थानमा छन् । कोनवेले अस्ट्रेलियाविरुद्ध ५८ बलमा ९२ रनको धमाकेदार इनिङ्स खेलेका थिए । भारतका सूर्यकुमार यादव तेस्रो स्थानमा छन् ।
भारतीय बलरको कुरा गर्ने हो भने भुवनेश्वर कुमार पनि शीर्ष १० मा पर्न सफल भएका छन् । पछिल्लो वरियतामा उनी दुई स्थान सुधार भएका छन् । बलरको वरियतामा अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण