पाकिस्तानविरुद्ध धमाकेदार प्रदर्शन गरेका कोहलीको वरियतामा छलाङ

टी–२० विश्वकपमा पाकिस्तानविरुद्ध ८२ रनको म्याच-विनिङ इनिङ खेलेका विराट कोहली आइसीसीको पछिल्लो टी–२० वरीयतामा पाँच स्थानमाथि उक्लिएका छन् ।
बुधबार सार्वजनिक भएको टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा कोहली फेरि शीर्ष १० मा परेका छन् र नवौँ स्थानमा आइपुगेका छन् । कोहलीले अक्टोबर २३ मा मेलबर्नमा शानदार इनिङ खेलेका थिए । ३३ वर्षीय ब्याट्सम्यानले आफ्नो इनिङ्समा ६ चौका र चार छक्का प्रहार गरेका थिए ।
पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान शीर्ष स्थानमा कायमै छन् भने न्युजिल्यान्डका डेभोन कोनवे तीन स्थान उक्लेर दोस्रो स्थानमा छन् । कोनवेले अस्ट्रेलियाविरुद्ध ५८ बलमा ९२ रनको धमाकेदार इनिङ्स खेलेका थिए । भारतका सूर्यकुमार यादव तेस्रो स्थानमा छन् ।
भारतीय बलरको कुरा गर्ने हो भने भुवनेश्वर कुमार पनि शीर्ष १० मा पर्न सफल भएका छन् । पछिल्लो वरियतामा उनी दुई स्थान सुधार भएका छन् । बलरको वरियतामा अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन