आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकाले बंगलादेशलाई हरायो

बिहीबार, १० कात्तिक २०७९, १५ : ०७
बिहीबार, १० कात्तिक २०७९

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई हराएको छ । बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि १०४ रनले फराकिलो जित निकालेको हो ।

सिड्नीमा दक्षिण अफ्रिकाले दिएको २०६ रनको लक्ष्य पछ्याएको बंगलादेश १६ ओभर ३ बलमा अलआउट हुँदै मात्र १०१ रन बनायो । बंगलादेशका लिटोन दासले सर्वाधिक ३४ रन जोडे । सौम्य सरकारले १५ जोड्दा मेहदी हसनले ११ रन जोडे ।

दक्षिण अफ्रीकाका एन्रीच नोर्कियाले चार विकेट लिए । ताब्रेज शम्सीले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका रिली रस्सोले १०९ रनको शतकीय पारी खेले । क्विन्टन डी ककले ६३ रनको अर्धशतकीय पारी खेल्दा एदम मार्करमले १० रन जोडे ।

बंगलादेशका शकिब अल हसनले दुई विकेट लिए । जितसँगै समूह २ को दक्षिण अफ्रिकाले २ खेलमा ३ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेश २ अंक जोडेर तेस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप