डेंगुबाट निको भएपछि बिग बोसमा फर्किँदै सलमान
शुक्रबार, ११ कात्तिक २०७९, ०९ : १३
बलिउड अभिनेता सलमान खानलाई केही दिनअघि डेंगु भएको पुष्टि भएपछि उनले ‘बिग बोस–१६’ को सुटिङ रद्द गरेका थिए । तर अब सलमान डेंगुबाट निको भइसकेका छन् र छिट्टै शोको सुटिङ सुरु गर्न लागेका छन् ।
बिग बोससँग सम्बन्धित स्रोतका अनुसार सलमानले बिहीबार ‘विकेन्डका वार’को सुटिङ गर्नेछन् । यस एपिसोडमा कट्रिना कैफ र उनको फिल्म ‘फोन भूत’ को सम्पूर्ण टिम अतिथिको रूपमा देखिनेछिन् ।
बिग बोसको पछिल्लो एपिसोड करण जोहरले होस्ट गरेका थिए। रिपोर्टका अनुसार सलमानको स्वास्थ्य बिग्रिएपछि उनले आफैँले करणलाई फोन गरेर शो होस्ट गर्न अनुरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण