मोदीलाई पत्र लेख्दै केजरीवालद्वारा नोटमा लक्ष्मी र गणेशको तस्बिर छाप्न माग
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबार ट्वीटरमा एक पत्र साझा गर्दै भारतीय नोटमा हिन्दु देवता गणेश-लक्ष्मीको तस्बिर राख्न प्रधानमन्त्री मोदीलाई अपिल गरेका छन्। केजरीवालले उक्त पत्रमा लेखेका छन्, ‘देशका १३० करोड जनता चाहन्छन् कि भारतीय मुद्रामा एकातर्फ गान्धीजी र अर्कोतर्फ श्री गणेशजी र लक्ष्मीजीको तस्बिर होस् । आज देशको अर्थतन्त्र अत्यन्तै नाजुक अवस्थाबाट गुज्रिरहेको छ ।
स्वतन्त्रताको ७५ वर्ष बितिसक्दा पनि भारतलाई विकासशील र गरिब राष्ट्रमा गनिन्छ । हाम्रो देशमा आज पनि धेरै गरिब छन् । किन ? एकातिर हामी सबै देशवासीले कडा परिश्रम गर्नुपर्छ भने अर्कोतिर हाम्रो प्रयास फलदायी होस् भनेर भगवानको आशीर्वाद पनि चाहिन्छ । सही नीति, मिहिनेत र ईश्वरको आशीर्वाद यिनको संगमबाट मात्रै देशको उन्नति हुनेछ ।’
अरविन्द केजरीवालले दुई दिनअघि पत्रकार सम्मेलन गरेर यो मुद्दा उठाएका थिए । उनले यो पनि भनेका थिए कि जब विश्वको सबैभन्दा ठुलो मुस्लिम देश इन्डोनेसियाले आफ्नो नोटमा गणेशजीको तस्बिर राख्न सक्छ भने भारतले किन नगर्ने ? बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण