बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मोदीलाई पत्र लेख्दै केजरीवालद्वारा नोटमा लक्ष्मी र गणेशको तस्बिर छाप्न माग

शुक्रबार, ११ कात्तिक २०७९, १३ : १४
शुक्रबार, ११ कात्तिक २०७९

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबार ट्वीटरमा एक पत्र साझा गर्दै भारतीय नोटमा हिन्दु देवता गणेश-लक्ष्मीको तस्बिर राख्न प्रधानमन्त्री मोदीलाई अपिल गरेका छन्। केजरीवालले उक्त पत्रमा लेखेका छन्, ‘देशका १३० करोड जनता चाहन्छन् कि भारतीय मुद्रामा एकातर्फ गान्धीजी र अर्कोतर्फ श्री गणेशजी र लक्ष्मीजीको तस्बिर होस् । आज देशको अर्थतन्त्र अत्यन्तै नाजुक अवस्थाबाट गुज्रिरहेको छ ।

स्वतन्त्रताको ७५ वर्ष बितिसक्दा पनि भारतलाई विकासशील र गरिब राष्ट्रमा गनिन्छ ।  हाम्रो देशमा आज पनि धेरै गरिब छन् । किन ? एकातिर हामी सबै देशवासीले कडा परिश्रम गर्नुपर्छ भने अर्कोतिर हाम्रो प्रयास फलदायी होस् भनेर भगवानको आशीर्वाद पनि चाहिन्छ । सही नीति, मिहिनेत र ईश्वरको आशीर्वाद यिनको संगमबाट मात्रै देशको उन्नति हुनेछ ।’

अरविन्द केजरीवालले दुई दिनअघि पत्रकार सम्मेलन गरेर यो मुद्दा उठाएका थिए । उनले यो पनि भनेका थिए कि जब विश्वको सबैभन्दा ठुलो मुस्लिम देश इन्डोनेसियाले आफ्नो नोटमा गणेशजीको तस्बिर राख्न सक्छ भने भारतले किन नगर्ने ? बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप