कांग्रेसको घोषणापत्र : एमाले र ओलीको कारण ४१ महिनाको अवधि पूर्णरुपमा खेर गयो
नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सार्वजनिक घोषणापत्रमा एमाले र केपी ओली नेतृत्वको अघिल्लो सरकार पूर्णरुपमा असफल रहेको टिप्पणी गरेको छ ।
अघिल्लो सरकारले ५ वर्षका लागि सुविधा जनक मत पाएपनि एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनेको क्षणदेखि नै संविधान, लोकतान्त्रिक प्रणाली, नागरिक अधिकार, संवैधानिक संस्था र राज्यको चौथो अंग संचार जगतमाथि नियोजित रुपमा आक्रमण गर्दै वाम गठबन्धनले पाएको अवसरको अधिकांश समय र ऊर्जा सर्वसत्तावादी शासन स्थापना गर्ने धृष्टतामा खर्च गरिएको कांग्रेसको विश्लेषण छ ।
सरकार बनेको क्षणदेखि नै कुशासन, भ्रष्टाचार र अनियमितता संस्थागत हुन थालेको, सार्वजनिक सम्पत्ति माथि लुटतन्त्र मच्चाउँदै सरकारले भ्रष्टाचार, कमिसनतन्त्र, आर्थिक अनियमितता र अपारदर्शीताको क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान कायम गरेको कांग्रेसले बताएको छ ।
कोभिड महामारी नियन्त्रण र रोकथामका लागि ओली सरकार उदासिन रहेको र मेडिकल सामाग्री खरिदको भ्रष्टाचार र कमिसनको खेल भएको कांग्रेसले उल्लेख गरेको छ ।
घोषणापत्रमा भनिएको छ–‘महामारी शुरू भएपछि कोभिड नियन्त्रण गरी जनताका जीवन रक्षा गर्ने सरकारको अनिवार्य प्राथमिक दायित्व थियो । तर महामारी नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा सरकारले प्रारम्भदेखि नै गम्भीर त्रुटी गर्दै आयो । सरकारले न महामारी नियन्त्रण गर्ने उपर्युक्त नीति र कार्ययोजना जना अख्तियार गर्यो, न परीक्षण, उपचार, खोप, औषधी, क्वारेन्टिन र अस्पतालको व्यवस्थापन गर्न संवेदनशील भयो । कोभिडका कारणले लाखौं संक्रमित र हजारौं भन्दा बढी नागरिकको मृत्यु भइसकेको मानवीय संकटको घडीमा समत नागरिकको स्वास्थ्यमा खेलबाड गरी कमिसनको खेलमा सरकार डुब्यो । जनताको स्वास्थ प्रति यो हदसम्मको अनुत्तरदायी र असंवेदनशील सरकार नेपालको इतिहासमा अहिलेसम्म थिएन । ’
घोषणापत्रमा कोभिडका कारणले जति पनि मानवीय क्षति भयो त्यसका लागि नेकपाको सरकार र पूर्व प्रधानमन्त्री ओली प्रमुख रूपमा जिम्मेवार रहेको कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण