जनताको विकासको चाहना पूरा गर्न लागिपर्छु : मन्त्री चौधरी
सहरी विकास मन्त्री एवं दाङ –१ का सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि चौधरीले विकासका लागि हो भने आफ"लाई निर्धक्क भोट हाल्न अनुरोध गरेका छन् ।
स्थानीय बुद्दीजिविहरुसँग कुरा गर्दै शुक्रबार मन्त्री चौधरीले भने, ‘म सधैँ सांसद नहाेउला, म फेरि मन्त्री बनौला या नबनाैला तर यदी तपाईंहरु यस क्षेत्रको विकास चाहनुहुन्छ भने मलाई निर्धक्क भोट हाल्नुहोस् । जनताको काममा, जनताको विकासको चाहना पूरा गर्न जहिल्यै लागिपरेको छु । म सांसद हुँदा मैले सुरु गरेका विकासका योजनाहरु, मेरो काम गर्ने शैली, मेरो बानी व्यहोरा सबै तपाईंहरुलाई थाहै छ । मैले विकासका काममा कहिल्यै पक्षपात गरिनँ । र अब पनि गर्ने छैन ।’
राजनीति गर्ने मान्छे सरल, सहज र इमानदार हुनुपर्ने बताउँदै मन्त्री चौधरीले आफुले सधैँ त्यसतर्फ ध्यान दिएको बताए । जनतासँग ठुला कुरा गर्ने, जनतालाई होच्याउने मान्छे नेता पनि हुन नसक्ने भन्दै उनले सबैलाई समेटेर अगाडि बढ्ने आफ्नो बानी रहेकाले पनि सबैको साझा उम्मेदवार बनेर चुनावी मैदानमा उभिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण