खेलाडी, कलाकार, लेखक, साहित्यकार तथा पत्रकारलाई पेन्सन उपलब्ध गराउनुपर्छ : पोखरेल
काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोखरेलले राष्ट्रिय जीवनका महत्त्वपूर्ण क्षेत्रमा योगदान गर्ने खेलाडी, कलाकार, लेखक, साहित्यकार तथा पत्रकारलाई ६० वर्षपछि राज्यले पेन्सनको व्यवस्था गर्नुपर्ने बताएकी छन् । आज शनिबार काठमाडौँको वडा नं ९ स्थित राम मन्दिर तथा बत्तिसपुतली क्षेत्रमा आयोजित भेटघाट, भलाकुसारी र घरदैलो कार्यक्रममा मतदाताहरुसँग कुरा गर्दै पोखरेलले नेपालमा सामाजिक तथा राष्ट्रिय योगदानमा आधारित यो प्रकारको व्यवस्थाले सो क्षेत्रमा सक्रिय रही योगदान गर्ने खेलाडी, कलाकार, लेखक तथा साहित्यकारहरुप्रति देशले दिने सम्मानले नेपाली समाजमा नयाँ सन्देश जाने बताएकी हुन् ।
उनले भनिन्, ‘उनीहरुको रिटायर्ड लाइफमा भरथेग हुने, सम्बन्धित क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई उत्साह सिर्जना भई निरन्तर काममा लाग्न हौसला मिल्नुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ प्रयोग थालनी गर्छौैँ ।’ त्यसैगरी आफ्नो जीवनको उर्वर समय देश र समाजप्रति कर्तव्य निष्ठ भई लागेका युवाहरु जसले कतिपय अवस्थामा जीवनको उत्तरार्धमा उपचार नै पाउन कठिन भएका कैयौँ उदाहरण आफूले महसुस गरेको बताउँदै राज्यले देशका गहनाहरू प्रति पेन्सनको व्यवस्था गरेर आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण