नर्ड स्ट्रिम ग्यास पाइपलाइन विस्फोटमा बेलायत संलग्न : रुस
रुसी सेनाले नर्ड स्ट्रिम ग्यास पाइपलाइनमा भएको विस्फोटमा बेलायत ‘संलग्न’ भएको आरोप लगाएको छ, । ब्रिटिश सैन्य विशेषज्ञहरूले युक्रेनलाई मस्कोको ब्ल्याक सी फ्लीटमा ड्रोन आक्रमणको योजना बनाउन मद्दत गरेको पनि रुसी सेनाले आरोप लगाएको छ । रुसले कुनै प्रमाण दिएको छैन । तर, क्रेमलिनले बेलायतलाई मस्कोको सबैभन्दा शत्रुपूर्ण देशहरू मध्ये एक मान्छ । रुसी सेनाले युक्रेनमा हमला गरेपछि अमेरिकासँगै बेलायतले पनि किभलाई सहयोग प्रदान गर्दै आएको छ ।
‘ब्रिटिश नौसेनाको यस इकाईका प्रतिनिधिहरूले सेप्टेम्बर २६ मा बाल्टिक सागरमा आतंकवादी हमलाको योजना, प्रावधान र कार्यान्वयनमा भाग लिएका थिए, जसका कारण नर्ड स्ट्रिम १ र नर्ड स्ट्रिम २ ग्यास पाइपलाइन विस्फोट भएको थियो’ रुसी रक्षा मन्त्रालयले भनेको छ ।
यसैबीच, बेलायतले रुसी दावीहरूलाई खारेज गरेको छ । बेलायतको रक्षा मन्त्रालयले भनेको छ की क्रेमलिनका बनावटी कथनले पश्चिमको बारेमाभन्दा रूसी सरकारभित्र चलिरहेको बहसको बारेमा बढी बताइरहेको छ । रुसले विष्फोटको अन्तर्राष्ट्रिय अनुसन्धानमा भाग लिन पश्चिमा राष्ट्रहरूले अनुमति नदिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण