भ्रष्टाचारीलाई ठाउँको ठाउँ कारबाही गर्न मलाई मत दिनुहोस् ः पोखरेल
आइतबार, १३ कात्तिक २०७९, ११ : ४६
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोखरेलले भ्रष्टाचारीलाई कारबाही गर्न आफूले चुनाव जित्नुपर्ने बताएकी छिन् ।
आइतबार काठमाडौँ वडा नं ९ स्थित बत्तिसपुतलीमा मतदातासँग भेटघाट कार्यक्रममा उनले भ्रष्टाचारीहरूको कालो कर्तुत पर्दाफास गरी वर्षौँदेखि अनधिकृत रूपमा कुम्ल्याएको सम्पत्ति राज्यको ढुकुटीमा ल्याउनुपर्नेमा जोड दिइन् । भ्रष्टाचारीहरूलाई ठाउँको ठाउँ कारबाही गर्न आगामी निर्वाचनमा आफूलाई मत दिन पोखरेलले आग्रह गरिन् ।
कार्यक्रममा उनले अहिले देशमा बेरोजगारीको ठुलो समस्या भएकाले त्यसको अन्त्यको लागि राज्यले नीति बनाउन आवश्यक रहेको बताइन् । उनले संसद् भनेको राज्यको नीति, नियम बनाउने थलो भएकोले युवाहरूको पक्षमा आवाज उठाउन आफू संसद्मा पुग्नुपर्ने दाबी गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण