पिएम कप : दिपेन्द्रको शतकमा पुलिसको सहज जित
कप्तान दिपेन्द्र सिंह ऐरीको शतकीय पारीमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुखद सुरुवात गरेको छ । पुलिसले आइतबार भएको खेलमा प्रदेशलाई १९२ रनले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
मूलपानी क्रिकेट मैदानमा पुलिसले दिएको २९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमतीले २८ ओभरमा अलआउट हुँदै मात्र ९७ रन बनायो । बागमतीका इशान पाण्डेले सर्वाधिक २४ रन बनाए । त्यस्तै रामनरेश गिरीले अविजित २२ बनाउँदा प्रतिस जिसीले १४ रन जोडे ।
पुलिसका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै करण केसी, गुलसन झा र सागर ढकालले दुई÷दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ५ विकेट गुमाएर २८९ रन बनाएको थियो ।
पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले १०८ रनको शतकीय पारी खेले । ८२ बल खेलेका उनले ११ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै कुशल भुर्तेल र सुनिल धमलाले समान ३७–३७ रनको योगदान गरे । बागमतीका नन्दन यादवले दुई विकेट लिए ।
जितसँगै समूह ‘बी’ मा रहेको पुलिसले पहिलो खेलबाट २ अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण