बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

वर्तमान व्यवस्था र संविधान रक्षा गठबन्धनको मुल मर्म हो : बानियाँ

आइतबार, १३ कात्तिक २०७९, २१ : ३१
आइतबार, १३ कात्तिक २०७९

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं मकवानपुर क्षेत्र नम्बर–२ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार इन्द्रबहादुर बानियाँले वर्तमान व्यवस्था र संविधानको रक्षा गर्नु नै अहिलेको गठबन्धनको मुल मर्म भएको बताएका छन् आइतबार लोकतान्त्रिक बाम गठबन्धनको मनहरी गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्दै नेता बानियाँले जनताको बलिदानबाट प्राप्त उपलब्धी रक्षाको लागि यो लोकतान्त्रिक बाम गठबन्धन निर्माण भएको पुष्टि गरे ।

नेता बानियाँले केपी ओली नेतृत्वको एमाले गणतन्त्र मास्न खोजेको आरोप समेत लगाए । उनले यस व्यवस्था र गणतन्त्र विरोधी कमल थापा, देश टुक्राउन खोज्ने सिके राउत र राजा माग्ने राजेन्द्र लिङ्देन लगायतलाई साथमा लिएर गठबन्धन गरेर वर्तमान व्यवस्था र संविधान नै मास्ने खेलमा लागेको बताए ।

एमालेका नीति, नियत र नेता ठिक नभएको उनको भनाई छ । उनले जनताको ठुलो त्यागबाट देशमा व्यवस्था परिवर्तन सम्भव भइसकेको र अब पनि जनतालाई व्यवस्था परिवर्तन कै लागि लडाउन नहुने बताए । परिवर्तन भइसकेको वर्तमान व्यवस्थालाई संस्थागत गरी अब विकास निर्माणतर्फ अग्रसर हुनुका साथै जनताको जीवनस्तर उकास्न लाग्नुपर्ने उनको भनाई छ ।

राजा, धर्म र जातको नाममा राजनीति एमाले जस्तो पार्टीले गर्ने भन्दै नेता बानियाँले लोकतान्त्रिक शक्तिहरु एकजुट हुन आवश्यक रहेको औंल्याए । विगतमा भएको स्थानीय तहको निर्वाचनमा भएको तितोमिठो अनुभवलाई भुलेर लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउन सबै एक भएर लाग्न उनले आग्रहसमेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप