मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

संविधानमाथिको प्रहार रोक्न गठबन्धन आवश्यक छ : प्रवक्ता महत

आइतबार, १३ कात्तिक २०७९, २२ : ०६
आइतबार, १३ कात्तिक २०७९

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधानमाथिको निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक भएको बताएका छन् । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न शुक्रबार पूर्वी नवलपरासी आएका महतले यो गठबन्धन संविधानमाथिको निरन्तर प्रहार रोक्नलाई बनेको भन्दै गठबन्धनले अधिकांश ठाउँमा चुनाव जित्ने बताए ।

वर्तमान निर्वाचन प्रणालीका कारण पनि बहुमतको सरकार बनाउन गठबन्धन आवश्यक भएको बताउँदै प्रवक्ता महतले उत्साहपूर्वक निर्वाचनमा होमिएर निर्वाचनमा लाग्न र गठबन्धनका सबै उम्मेदवारलाई जिताउन कार्यकर्तालाई आग्रहसमेत गरे । “मङ्सिर ४ पछि पनि गठबन्धनले निरन्तरता पाउँछ, गठबन्धनको सरकार बन्छ त्यसपछि देशले नयाँ राजनीतिक बाटो समात्छ”, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप