संविधानमाथिको प्रहार रोक्न गठबन्धन आवश्यक छ : प्रवक्ता महत
आइतबार, १३ कात्तिक २०७९, २२ : ०६
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधानमाथिको निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक भएको बताएका छन् । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न शुक्रबार पूर्वी नवलपरासी आएका महतले यो गठबन्धन संविधानमाथिको निरन्तर प्रहार रोक्नलाई बनेको भन्दै गठबन्धनले अधिकांश ठाउँमा चुनाव जित्ने बताए ।
वर्तमान निर्वाचन प्रणालीका कारण पनि बहुमतको सरकार बनाउन गठबन्धन आवश्यक भएको बताउँदै प्रवक्ता महतले उत्साहपूर्वक निर्वाचनमा होमिएर निर्वाचनमा लाग्न र गठबन्धनका सबै उम्मेदवारलाई जिताउन कार्यकर्तालाई आग्रहसमेत गरे । “मङ्सिर ४ पछि पनि गठबन्धनले निरन्तरता पाउँछ, गठबन्धनको सरकार बन्छ त्यसपछि देशले नयाँ राजनीतिक बाटो समात्छ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण