आयोगको निर्णयविरुद्ध अदालत जाँदै कार्की
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनले अदालतको ढोका ढकढक्याउने भएकी छन् । सोमबार ११ बजे आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आफूले रिट निवेदन दर्ता गराउने उनले जानकारी दिएकी हुन् ।
आयोगको शनिबार बसेको बैठकले डा. कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । डा। कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको भन्दै उनको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी पेस भएको थियो । सो उजुरीका सम्बन्धमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगमा स्पष्टीकरण कागजातहरू पठाएको थियो । बैठक भत्ता लिनु सार्वजनिक लाभको पद धारण गरेको मानिने आधारमा उम्मेदवारी खारेजको निर्णय गरेको आयोगले जनाएको छ ।
यता कार्कीले भने आफूले भदौ २८ गते निर्वाचन आयोगमा निवेदन दिएको बताएकी छन् । शनिवार निर्वाचन आयोगले उनको उम्मेदवारी खारेजी गरेपछि सामाजिक सञ्जालमा लेख्दै कार्कीले आफूले उम्मेदवारी मनोनयनको २५ दिन अगाडि नै नेपाल मेडिकल काउन्सिलको पदबारे निवेदन दिएको भए पनि आयोगले सोबारे जवाफ पनि नदिएको जनाएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

