समाजलाई बुझेर न्याय निरूपण हुनुपर्छ : कामु प्रधानन्यायाधीश कार्की
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समाजलाई बुझेर न्याय निरूपण गर्ने हो भने कसैलाई पनि अन्याय नहुने बताएका छन् । सोमवार काठमाडौँमा ‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले समाज बुझेर न्याय निरूपण गर्ने हो भने न्याय निरूपण सही हुने बताएका हुन् ।
उनले समाज नबुझीकन गरिएको न्याय कानुनको अक्षरमा मात्रै सीमित हुने उल्लेख गरे । उनले भने, ‘न्याय सम्पादन गर्ने कुरामा पनि यो किताबले हामीलाई मद्दत गर्छ । हाम्रो सामाजिक परिवेश कस्तो छ भनेर हेर्नका लागि बुहारीहरूको मुद्दा आउँदा पीडित हुनुभएका छोरीहरूको मुद्दा हेर्दा हामीले कम्तीमा हाम्रो समाज यस्तो छ है भनेर समाजलाई बुझेर समाजको ऐना हेरेर, हामीले न्याय निरूपण गर्यौँ भने न्याय ठिक ठाउँमा पर्छ । होइन भने समाज नबुझीकन न्याय गर्दा त्यो कानुनको अक्षरमा मात्रै सीमित हुनपुग्छ । न्याय प्रदान राम्रो नहुनसक्छ । न्याय प्राप्त गर्ने अवस्था नहुनसक्छ ।’
त्यस्तै समाजसेवी अनुराधा कोइरालाले महिलाहरू एक ठाउँमा उभिएर चुनौतीहरूको सामना गर्ने हो भने अहिले भइरहेको समस्याहरू कम गर्न सकिने बताइन् । उनले अहिलेको समाजमा समेत छोराछोरीमा विभेद हुने गरेको भन्दै छोराछोरीमाथि हुने विभेदलाई समाजबाट हटाउन जरुरी रहेको बताइन् । होस्ट राइटिङ नेपालले प्रकाशन गरेको पुस्तक ‘हिम्मतवाली आमा डम्बरकुमारी’ लाई यशोदा तिम्सिनाले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण