मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणी आरोपमा २० वर्षीय युवक पक्राउ

सोमबार, १४ कात्तिक २०७९, २१ : ०६
सोमबार, १४ कात्तिक २०७९

सल्यान प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-३ का अन्दाजी २० वर्षीय रेवन्त बुढाले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणाी गरेको आरोपमा पक्राउ गरेको हो ।

विवाह गर्ने प्रलोभन देखाई कात्तिक १२ गते बनगाड कुपिण्डे नगरपालिका-१ माल्पेको जंगलमा रातको झन्डै साढे ११ बजे जबरजस्ती करणी गरी ज्यान मार्ने नियतले कुटपिट गरी बेहोस बनाएर भागेका बुढालाई आइतबार सल्लीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कुटपिटबाट घाइते भई बेहोस भएकी किशोरीको नेपालगञ्जमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुढालाई सल्यान जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।-न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप