गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुँदै
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले दोस्रो संस्करणको ‘वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता’ यही कात्तिक १९ देखि २६ गतेसम्म आयोजना गर्ने भएको छ । कमिटीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । एक सातासम्म चल्ने प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक सञ्जिव तुलाधरले जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत टेनिसको महिला पुरुष विजेताले रु ८० हजार, दोस्रोले रु ४० हजार र तेस्रोले रु २० हजार पाउने भएका छन् । महिला पुरुष डबल्सको विजेताले रु ४० हजार, उपविजेताले रु २० हजार र तेस्रोले रु १० हजार पाउने आयोजकले जनाएको छ । पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमश रु ४० हजार, रु २० हजार र रु १० हजार, पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले क्रमशः रु २५ हजार, रु १५ हजार र रु पाँच हजार पाउनेछन् ।
पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले क्रमशः रु ३० हजार, रु १५ हजार र रु पाँच हजार, ४५ वर्षमाथि डबल्सकाले क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच हजार पाउने आयोजकले जनाएको छ । पुरुष ५५ वर्षमाथिका एकलले क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच हजार, ५५ वर्षमाथि डबल्सले क्रमशः रु १५ हजार, रु आठ हजार र रु पाँच हजार र ६५ वर्षमाथिका शीर्ष तीनले क्रमशः रु १५ हजार, रु सात हजार पाँच र रु पाँच हजार पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण