अधिवक्ता त्रिपाठीले पनि दायर गरे ‘नो नट अगेन’ विरुद्ध रिट
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले निर्वाचन आयोगले जारी गरेको ‘नोट नट अगेन’ का विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । अधिवक्ता त्रिपाठीले सोमबार आयोगको सो निर्देशनका विरुद्धमा रिट दायर गरेका हुन् ।
अधिवक्ता त्रिपाठीले जारी गरेको रिट निवेदनमा भनिएको छ :‘आयोगको यो निर्देशन नागरिकको संविधान प्रदत्त अधिकारलाई शून्य वा निष्प्रभावी तुल्याउने दुषित मनसायले प्रेरित छ अर्थात मौलिक हकको प्रयोगलाई आपराधिक कृत्यको संज्ञा दिई नागरिकहरुलाई कठोर दण्डको धम्की दिइएको छ, लोकतन्त्रको स्वास्थ्यका लागि यो गम्भीर रुपमा हानिकारक छ ।’
लोकतन्त्रमा विचारहरुले एक आपसमा स्वतन्त्र रुपले प्रतिस्पर्धा गर्ने बताउँदै रिटमा आयोगको यो कदम संविधानको मूल्य–मान्यता विपरित रहेको बताइएको छ ।
रिटमा भनिएको छ :‘लोकतान्त्रिक पद्धति अवलम्वन गरेको समाजमा यस्तो कार्य सर्वर्था आपत्तिजनक छ । नागरिकहरुले आफ्नो हक एवं स्वतन्त्रताको शान्तिपूर्ण तरिकाले उपभोग गर्दा कारवाहि गर्नु कुनै पनि सभ्य एवं लोकतान्त्रिक मुलुकमा स्वीकारयोग्य हुनसक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
४२ जना उपसचिवको सरुवा, केही प्रमुख जिल्ला अधिकारी पनि फेरिए (सूची)
-
विस्थापित ४६५ परिवारलाई राहत रकम प्रदान, १५ हजार जनालाई रोजगारी
-
१४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना
-
किसानलाई दूध खरिद बापत ४१ करोड रुपैयाँ भुक्तानी
-
रुसी सेनाको सुस्त गति र बढ्दो क्षति
-
हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण