कीर्तिमानी धावक बुढालाई सम्मान
कीर्तिमानी धावक दुर्गबहादुर बुढालाई जुम्लामा स्वागत तथा सम्मान गरिएको छ। नेपालगन्जबाट सोमबार गृह जिल्ला जुम्ला पुगेका बुढालाई खादा र अवीर लगाएर स्वागत तथा सम्मान गरिएको हो।
बुढालाई स्वागत गर्न जिल्ला खेलकुद विकास समिति जुम्लाका सदस्यसचिव संगीता आचार्यसहित जुम्लाका सरोकारवालाहरु बाजागाजा लिएर जुम्ला एयरर्पोट पुगेका थिए। गण्डकी प्रदेशको पोखरामा सञ्चालित नवौँ राष्ट्रिय खेलकुदको ३ हजार मिटर दौड प्रतियोगितामा जुम्लाका दुर्ग बुढा प्रथम भएका थिए। उनले कर्णाली प्रदेशका लागि पहिलो स्वर्ण पदक जितेका हुन् ।
बुढाले एथलेटिक्सतर्फको ३ हजार मिटर स्टेबल चेस पुरुषतर्फको खेलमा कर्णालीलाई स्वर्ण पदक दिलाएका थिए। पोखरा रङ्गशालामा भएको प्रतिस्पर्धामा बुढाले नेपाल एपिएफ क्लबका अजित यादवलाई पछि पारेका थिए । दुर्गले निर्धारित दूरी ८ मिनेट ५५ दशमलव १९ सेकेन्डमा पार गरेका थिए। धावक दुर्गबहादुर बुढाले जुम्लाका स्थानीय सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकता नदिएको गुनासो गरे ।
खेलकुद क्षेत्रलाई अघि बढाउनको लागि पालिकास्तरबाट पहलकदमी हुनुपर्ने उनले बताए । हरेक विद्यालयमा एक खेल प्रशिक्षकको व्यवस्थापन गरेर खेल क्षेत्रलाई प्रोत्साहन गर्नु अहिलेको आवश्यकता रहेको उनले औंल्याए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण