जुम्लामा ८ सय ७८ कर्मचारी निर्वाचनमा खटिने
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जुम्लामा आठ सय ७८ कर्मचारी खटिने भएका छन् । निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवक लगायतका कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिए ।
जिल्लाभर १ सय ६ मतदान केन्द र ८३ वटा मतदानस्थल कायम गरिएको छ । प्रति मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी कर्मचारी रहने छन् ।
त्यसैगरी चार जना स्वयंसेवक मतदान केन्द्रमै नियुक्त गरेर खटाइने निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जुम्लाका एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्यका लागि जिल्लाका ८ वटै स्थानीय तह गरी ६८ हजार ६ सय ३८ मतदाता रहेका छन् ।
जसमा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र १ मा पुरुष १८ हजार ८ सय ७८,महिला १७ हजार ९ सय ५ गरी जम्मा ३६ हजार ७ सय ८३ जना र क्षेत्र नम्बर २ मा पुरुष १६ हजार ८ सय २२ महिला,१५ हजार ३३ गरी जम्मा ३१ हजार ८ सय ५५ जना रहेका छन् । मतदाता शिक्षाका लागि सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संयोजक रहने गरी वडासचिव र महिला स्वयंसेविकालाई परिचालन गरिने छ ।
मतदाता शिक्षाका लागि जिल्लास्तरीय समिति समेत गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीको संयोजकत्वमा रहेको समितिमा जिल्ला समन्वय समिति अधिकारी,सदरमुकाममा रहेको सथानीय तहका प्रमुख प्रशासकीय अधिकृत,नेपाल पत्रकार महासंघका प्रतिनिधि र जिल्ला निर्वाचन अधिकारी सदस्य सचिव रहने गरी समिति गठन गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा
-
पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड
-
थुनामुक्त आदेशलगत्तै पुनः पक्राउ परे अभिषेक गिरी, रातारात लगियो काठमाडौं
-
अमेरिकी ‘स्ट्राइकर’ फोलारिनलाई रातो कार्ड दिने रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ : ट्रम्प
-
भारतद्वारा पाकिस्तानी लडाकु समूहका नेताविरुद्ध मुद्दा दायर
-
सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण