भारतद्वारा पाकिस्तानी लडाकु समूहका नेताविरुद्ध मुद्दा दायर
भारतले गत वर्ष भारत नियन्त्रित कश्मीरमा पर्यटकहरूमाथि भएको घातक हमलासँग जोडेर पाकिस्तानस्थित एक लडाकु समूहका संस्थापकविरुद्ध सोमबार मुद्दा दायर गरेको छ।
सन् २०२५ एप्रिलमा पहलगाम नजिकको पर्यटकीय क्षेत्रमा भएको हमलामा २६ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश हिन्दू पर्यटक थिए। यस घटनाले आणविक शक्ति भएका दुई देशबीच चार दिनसम्म तीव्र द्वन्द्व निम्त्याएको थियो।
नयाँ दिल्लीले पाकिस्तानले आक्रमणलाई समर्थन गरेको आरोप लगाएको छ, जसलाई इस्लामावादले पटक–पटक अस्वीकार गर्दै आएको छ ।
भारतको राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले हाफिज सईदलाई ‘व्यक्तिगत रूपमा तथा आतङ्ककारी सङ्गठनको प्रतिबन्धित समूह लश्कर–ए–तैबाको प्रमुख र र उक्त सङ्गठनको सक्रिय छद्म सङ्गठन ‘द रेसिस्टेन्स फ्रन्ट’का विरूद्ध मुद्दा दायर गरेको जनाएको छ ।
एनआईएको वक्तव्यअनुसार सईदलाई ‘भारतविरुद्ध युद्ध छेड्ने र सीमापारिबाट षड्यन्त्र रचेको’ आरोप लगाइएको छ।
पाकिस्तानको विदेश मन्त्रालयले टिप्पणीका लागि गरेको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन। तर इस्लामावादले यसअघि स्वतन्त्र छानबिनको माग गर्दै हमलामा पाकिस्तानी संलग्नता नभएको बताएको थियो।
संयुक्त राष्ट्रसङ्घले सन् २००५ मा अल–कायदा र तालिबानसँगको सम्बन्धका कारण लश्कर–ए–तैबालाई प्रतिबन्ध लगाएको थियो। सन् २००८ मा अमेरिकाले हाफिज सईदलाई विश्वव्यापी आतङ्ककारी सूचीमा राखेको थियो।
लश्कर–ए–तैबा भारतको वित्तीय राजधानी मुम्बईमा सन् २००८ मा भएको हमलाका लागि सबैभन्दा बढी चर्चित छ। उक्त हमलामा १० जना बन्दुकधारीले तीन दिनसम्म शहरमा आतङ्क मच्चाएका थिए र कम्तीमा १६६ जनाको मृत्यु भएको थियो।
यो समूहले सन् २००१ मा भारतीय संसद्माथि, सन् २००५ मा नयाँ दिल्ली र बेङ्गलुरुमा तथा सन् २००६ मा मुम्बईको रेलमा भएको हमलामा पनि संलग्नता देखाएको थियो।
पाकिस्तानले सन् २०२० मा ७६ वर्षीय सईदलाई आतङ्ककारी गतिविधिका लागि आर्थिक सहयोग गरेको अभियोगमा दोषी ठहर गरेको थियो।
गत वर्षको पहलगाम हमलाले भारत र पाकिस्तानबीच कूटनीतिक प्रतिशोधका कदमहरू निम्त्याएको थियो । यो मिसाइल, ड्रोन र तोपको गोलीबारीमा परिणत भएको थियो ।
यो द्वन्द्वमा दुवै पक्षबाट ७० जनाभन्दा बढी को मृत्यु भएको थियो।
मुस्लिम बहुल कश्मीर क्षेत्र सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएपछि दुई देशबीच विभाजित छ।
दुवै देशले पूरै क्षेत्र आफ्नो दाबी गरेका छन् र यसको नियन्त्रणका लागि दुई पटक युद्ध पनि लडेका छन्।
सन् १९८९ देखि केही विद्रोही समूहहरूले क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँगको विलयको माग गर्दै विद्रोह गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण