झापामा ओलीले हार्ने भएर एमाले–राप्रपा गठबन्धन बन्यो : भुसाल
रुपन्देहीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच बनेको चुनावी गठबन्धन केपी ओलीलाई जिताउन मात्रै बनेको दाबी गरेका छन् ।
नेता भुसालले भने, ‘अन्य गठबन्धनलाई अपवित्र भन्ने केपी ओलीले राप्रपासँग गरेको गठबन्धन बरु अपवित्र हो, झापा क्षेत्र नम्बर ५ चुनाव हार्ने डरले ओलीले राप्रपासँग गठबन्धन गरेका हुन् ।’ एमालेलाई चाहिएर नभइ झापामा आफू सुरक्षित ओलीले राप्रपाको सहारा लिएको उनको भनाइ छ ।
ओलीले संविधान च्यात्ने कोसिस गर्दा विरोधमा उभिएका सबै शक्ति पवित्र र संविधानको रक्षा गर्ने गठबन्धनका रुपमा स्थापित भएको उनको तर्क छ । रुपन्देहीको देवदह १० चरङगेमा सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता भुसालले ओलीले आफू र केही सीमित एमालेका नेतालाई जिताउन राप्रपासँग चुनावी एकता गरेको पनि बताए ।
त्रिभुज चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका नेता भुसालले आफू पाँच दलीय गठबन्धनको मात्र नभएर समाजवादको यात्रामा रहेका एमालेका नेता कार्यकर्ताको पनि उम्मेदवार रहेको बताए । उनले भने, ‘म गठबन्धनको मात्र होइन मैले ४५ वर्षसम्म योगदान गरेको एमाले भित्रका समाजवाद उद्देश्य भएका सबै साथीहरुको म प्रतिनिधि हुँ ।’ नेता भुसालले ५ सय एमाले पार्टी सदस्यबाट अहिले ११ लाख पुर्याउन आफूले महत्वपूर्ण भूमिका खेलेको बताए । समाजवाद उन्मुख एमाले नेता कार्यकर्ताले आफूलाई मत हालेर जिताउने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सभा (ख) का उम्मेदवार अब्दुल रज्जाकले स्थानीयको चाहना अनुसार विकास निर्माणका काम अघि बढाइएको भन्दै आगामी कार्यकालमा धेरै अधुरा आयोजनाहरु पुरा गरिने वचनबद्धता प्रकट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण