नरैनापुरवासी निर्वाचनभन्दा खाद्यान्न जोहोको चिन्तामा
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिए पनि बाँकेको नरैनापुरवासीमा चुनावी रौनक आउन सकेको छैन । बर्सादमा धान रोप्ने बेला लामो समय खडेरी भएपछि धान रोप्न नपाएका नरैनापुरवासीको यतिबेला भकारी रित्तिएको छ । खेतबारी पनि बाँझै रहेको छ । अलि अलि रोपेको धान पनि असोजको अन्तिम साता आएको बर्सादले डुबाएको छ ।
धानको बीउ रोप्ने समय असार, साउन र भदौ तीन महिना खडेरी परेको नरैनापुरमा असोजमा आएको बेमौसमी बर्सादले अधिकांश क्षेत्र डुबान गरेको थियो । नरैनापुरवासी आम निर्वाचनभन्दा पनि खाद्यान्न जोहोको चिन्तामा छन् । “पानी पर्ने बेला नपरेर धान रोप्न पाइएन अलि अलि भएको पनि डुबान भएर स्याहार्न पाइएन”, नरैनापुर–६ निवासी सोहनलाल यादवले भने, “खडेरी र डुबानले पीडित नरैनापुरवासीलाई यतिबेला चुनावभन्दा पनि खाद्यान्न जोहो गर्नेमा चिन्ता छ ।”
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यस क्षेत्रबाट विभिन्न पार्टीका तर्फबाट उम्मेदवार बनेका नेता तथा कार्यकर्ता नरैनापुरमा जाने गरे पनि स्थानीयले चुनावप्रति त्यति धेरै चासो नदिएको उनको भनाइ छ ।
नरैनापुर गाउँपालिका–१ कटकुइँया निवासी प्रमोद मिश्राले सुक्खाग्रस्त नरैनापुरमा खाद्यान्नको व्यवस्था र सिँचाइ तथा डुबानमुक्त गराउने नेतालाई भोट दिने बताए । खडेरी र बाढीको डुबानमा परेका नरैनापुरवासीको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने योजनासाथ अगाडि बढेका नेकपा एमालेबाट बाँके क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालले बताए ।
बाँके क्षेत्र नं १ प्रदेश (१) मा पर्ने नरैनापुरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता तथा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज उम्मेदवार रहेका छन् । यो गठबन्धनबाट प्रदेशसभा सदस्यमा माओवादीकी कृष्णा केसी उम्मेदवार रहेका छन् भने एमाले राप्रपा तालमेलबाट राप्रपाका नरेन्द्र पौडेल र जनता समाजवादी पार्टीबाट अमर खड्का उम्मेदवार रहेका छन् ।
समयमा पानी नपरेपछि धानबाली लगाउन नपाएर समस्या झेल्दै आएका नरैनापुरवासीलाई दैनिक छाक टार्न समस्या भएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । धान रोप्ने समयमा लामो खडेरी भएका कारण धान रोप्न नपाएपछि नरैनापुर गाउँपालिकालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न गाउँपालिकाले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण