बुधबारदेखि गायिका अस्मिताको ४ शहरमा ‘लाइभ कन्सर्ट’
गायिका अस्मिता अधिकारीले बुधबारदेखि पूर्वी नेपालका विभिन्न शहरमा ‘लाइभ कन्सर्ट’ गर्ने भएकी छन् । ‘डिभाइन नाइट द म्युजिकल विथ अस्मिता अधिकारी’ नाम दिइएको कन्सटमा उनले आफ्नो लोकप्रिय गीतमार्फत दर्शक नचाउनेछिन् ।
पूर्वी नेपालमा विभिन्न चार शहरमा आयोजना हुने कन्सर्ट भाइरल इन्टरटेनमेन्ट र सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुन लागेको हो । बुधबार धरानको भिन्टेज क्याफे एण्ड लाउञ्ज बारबाट सुरु हुने कन्सर्ट बिहीबार उर्लाबारीको टोटाला रेस्ट्रो एण्ड बारमा, शुक्रवार विराटनगरको तृष्णा द कार्भिङ टेल्समा तथा शनिवार बिर्तामोडको मोक्ष रेस्ट्रो एण्ड बारमा हुनेछ ।
नेपाल आइडलको दोस्रो सिजनकी थर्ड रनर्स अप समेत रहेकी गायिका अधिकारी झापाकी स्थायी बासिन्दा हुन् । गायिका अधिकारीका बाबरी रङ्गमा, काफल कमल, टाढा भएपनि, लज्जावती झार, को होला त्यो, साली मन पर्यो, तिम्रो मायाले बाँधेर राख, रम रम मरौँतीसहित थुप्रै गीत हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण