विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
सारांश
- विश्वकप फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भावुक भए।
- स्कालोनीले पत्रकार सम्मेलनमा रोएर सबैलाई माफी मागे र आफूलाई केही समय दिन आग्रह गरे।
- उनले आफ्नो सम्झौता सकिन लागेको र भविष्यबारे अर्जेन्टिना फुटबल महासंघका अध्यक्षसँग कुरा गर्ने बताए।
न्युयोर्क । फिफा विश्वकप-२०२६ को फाइनलमा स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई १-० ले हराउँदै दोस्रो पटक पुरुष फुटबल विश्वकपको उपाधि आफ्नो नाममा गरेको छ।
हारपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनी निकै भावुक बनेका छन्।
पत्रकार सम्मेलनका क्रममा लियोनेल स्कालोनी पटक-पटक रोए र सबैसँग माफी माग्दै त्यहाँबाट बाहिरिए। युरोपेली च्याम्पियन स्पेनले पूरै खेल अवधिभर साविक विजेता अर्जेन्टिनाको तुलनामा धेरै र राम्रा अवसरहरू सिर्जना गरेको थियो। अर्कोतर्फ अर्जेन्टिनाको खेल भने धेरै हदसम्म रक्षात्मक र खेलको गति रोक्ने खालको रहेको थियो।
अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीको सम्झौता डिसेम्बरमा सकिँदैछ। उनले यस विषयमा अर्जेन्टिना फुटबल महासङ्घका अध्यक्षसँग कुराकानी गर्ने बताएका छन्।
स्कालोनीले भने, ‘म अध्यक्षसँग कुरा गर्नेछु। मेरो मनमा एउटा विचार छ। म मेरो सम्झौता पूरा गर्नेछु र मलाई लाग्छ मलाई यसको आवश्यकता छ। यति ठूलो उपलब्धि फेरि दोहोर्याउन सकिन्छ वा सकिँदैन मलाई थाहा छैन। हामीले यसबारे कुरा गर्नुपर्छ।’
उनले अगाडि थपे, ‘मलाई यो अवसर दिएकोमा र आज म जहाँ छु त्यहाँसम्म पुर्याएकोमा म अध्यक्षलाई धन्यवाद दिन्छु। यो सबैका लागि सपनाको ठाउँ थियो। हामीले अन्तिम मिनेटसम्म आफ्नो तर्फबाट पूरा प्रयास गर्यौँ। प्राविधिक टोली र खेलाडीहरूले पनि धेरै मिहिनेत गरे। मलाई लाग्छ मेरो लागि केही समय निकालेर यसबारे सोच्नु सही हुनेछ।’
आफ्नो भविष्यबारे बोल्दै उनले भने, ‘मप्रति अलिकति धैर्य राख्नुहोस्। म अगाडि निरन्तरता दिन सक्छु वा सक्दिन मलाई थाहा छैन। अगाडि बढ्नका लागि धेरै कुराहरूको आवश्यकता पर्छ, विशेष गरी आफ्नो दिमागलाई फेरि तयार गर्न, आफूलाई पुनः ऊर्जावान् बनाउन र यस्तै टोली फेरि निर्माण गर्न। यस्तो काम दोहोर्याउन धेरै गाह्रो छ।’
आफ्नो भनाइ टुङ्ग्याएपछि स्कालोनी उठे र माफी माग्दै पत्रकार सम्मेलन कक्षबाट बाहिरिए। जाँदाजाँदै उनले यो हार धेरै पीडादायी भएको र आफूलाई धेरै दुःख लागेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण