चार वर्षभित्र इजरायलमा पाँचौ आम चुनाव : नेतान्याहूको पुनरागमनको सम्भावना
इजरायलीहरू मङ्गलबार चार वर्षभित्र हुन लागेको पाँचौं आम निर्वाचनमा भाग लिइरहेका छन् । यस चुनावले पनि आम अपेक्षा अनुरूप इजरायलको राजनीतिक गतिरोध अन्त्य गर्ने सम्भावना कमै रहेको मत सर्वेक्षणहरुले देखाएको छ ।
पूर्वप्रधानमन्त्री बेन्जामिन नेतान्याहु कट्टर दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्दै रूपमा सत्तामा फर्कने आशामा छन् । तर जनमत सर्वेक्षणले भने नेतान्याहूको गठबन्धनले एक सिटको कमीको कारणले संसदमा बहुमत पु¥याउन नसक्ने प्रक्षेपण गरेको छ । तर जे भए पनि अघिल्लो चार चुनावमा जस्तै नेतान्याहु आफैं चुनावी मुद्दा बनेका छन् । केहीले अहिलेको चुनाव नेतन्याहुको पक्ष र विपक्षमा लड्दै गरेको बताएका छन् ।
तथापि यसपटक इजरायली मतदाताको मुख्य चिन्ता महगीं र जीवनको लागत रहेको पाइएको छ । त्यस्तै सधैंझैँ यसपटक पनि सुरक्षा एक प्रमुख चुनावी मुद्दा कायम नै छ । यसपटक मतपत्रमा ४० राजनीतिक दल छन् तर करिब एक दर्जन दलले मात्रै संसदमा प्रवेश गर्ने थ्रेसहोल्ड पार गर्ने अपेक्षा गरिएको छ । –सीएनएनबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण