सल्यानमा गठबन्धनद्वारा ५११ सदस्यीय निर्वाचन परिचालन समिति गठन
सल्यानमा सत्तारुढ गठबन्धन दलहरूले संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको छ । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य टेकबहादुर बस्नेतको संयोजकत्वमा ५ सय ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको हो ।
तीनवटै दलहरूले संयुक्त रुपमा समिति बनाएका हुन् । उक्त समितिको सह–संयोजकमा कांग्रेसका सभापति केशबहादुर विष्ट, माओवादीका कृतिबहादुर पुन, समााजवादीका हरि केसी लगायतका नेताहरु रहेका छन् । यस्तै नेता बस्नेतककै संयोजकत्वमा २५ सदस्यीय जिल्ला कार्य सम्पादन समिति पनि गठन गरिएको छ ।
गठबन्धनका साझा उम्मेदवार समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले उक्त समितिहरुले गठबन्धनका उम्मेदवारलाई चुनाव जिताउनका लागि समन्वयनकारी भूमिका खेल्नेछन् । सल्यानबाट प्रतिनिधि सभातर्फ गठबन्धनबाट समाजवादीका ज्वाला र प्रदेश (क) मा माओवादीका भीमप्रकाश शर्मा र (ख) मा कांग्रेसका सुरेश अधिकारी उम्मेदवार छन् । साथै गठबन्धन दलहरूको संयुक्त निर्वाचन परिचालन कार्यालय समेत स्थापना गरेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण