प्रचण्ड शुक्रबार गोरखा जाने
बुधबार, १६ कात्तिक २०७९, १४ : २१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी शुक्रबार (कात्तिक १८ गते) गोरखा जाने भएका छन् । प्रचण्ड आफ्नो चुनावी क्षेत्र गोरखा २ मा हुने निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन गर्न त्यसतर्फ जान लागेका हुन् ।
गोरखा सदरमुकामसहित ५ ठाउँमा चुनाव केन्द्रित आमसभा र गोष्ठी राखिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।
‘अध्यक्ष कमरेड शुक्रबार मात्रै निर्वाचन क्षेत्र जान लाग्नु भएको छ । गोरखा सदरमुकामसहित अन्य क्षेत्रमा ५/६ वटा कार्यक्रम राखिएकाले सम्बोधन गर्नु हुनेछ’ मल्लले भने, ‘अरु गठबन्धनले बनाउने आमसभा र कार्यक्रममा कार्यतालिका बमोजिम जानु हुनेछ ।’
यद्यपि सत्ता गठबन्धनले दोस्रो चरणमा चुनावी आमसभा र कार्यक्रम कहाँ कहिले गर्ने भन्ने विषयमा सार्वजनिक गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण