रुस भारतको स्वतन्त्रतापछिको सबैभन्दा भरपर्दो साझेदार : सर्वेक्षण
नयाँ दिल्लीस्थित ‘थिंक ट्यांक अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ)’ ले गरेको एक सर्वेक्षणअनुसार सन् १९४७ मा भारत स्वतन्त्र भएयता रुस भारतको सबैभन्दा भरपर्दो साझेदार मानिएको छ ।
भारतका १९ शहरमा गरिएको राष्ट्रिय सर्वेक्षणमा पाँच हजार सहरी युवाको नमुना समावेश गरिएको थियो । युवा भारतीयहरूले विभिन्न प्रश्नहरूको जवाफ दिँदै देशको विदेश नीतिलाई सकारात्मक रूपमा मूल्याङ्कन गरेका छन् ।
उत्तरदाताहरूले रूसलाई स्वतन्त्रतापछिको भारतको सबैभन्दा भरपर्दो साझेदार (४३ प्रतिशत) को रूपमा उल्लेख गरेका छन् । हर्ष भी पन्त, प्रेमेश साह र अन्यद्वारा लिखित ‘ओआरएफ फरेन पोलिसी सर्भे २०२२ः इन्डिया एट ७५ एन्ड द वल्र्ड’ले संयुक्त राज्य अमेरिकालाई २७ प्रतिशतले पछ्याएको छ ।
यसै वर्षको सुरुमा युक्रेन द्वन्द्व सुरु भएदेखि नै रुससँगको भारतको द्विपक्षीय सम्बन्ध प्रतिबन्ध ग्रस्त मस्कोबाट तेल आयातमा भएको वृद्धिका कारण भारत पश्चिमा मुलुकहरूको निगरानीमा आएको छ । युक्रेनमा आठ महिनाभन्दा बढी समयदेखि जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा महत्वपूर्ण प्रभाव पारेको छ र कच्चा तेलको मूल्यमा अचानक वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण