गण्डकी प्रदेश सरकारलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
निर्वाचन आयोगले करको दर घटाएको भन्दै गण्डकी प्रदेश सरकारलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । गण्डकी प्रदेश सरकारले करको दर घटाएपछि आयोगले कात्तिक ४ गते पहिलोपटक स्पष्टीकरण सोधेको थियो । बुधबार दोस्रो पटक २४ घन्टे स्पष्टीकरण सोधेको हो । तर, मुख्यमन्त्री कार्यालयमा अहिलेसम्म पत्र प्राप्त नभएको मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले बताए ।
उनले आयोगले स्पष्टीकरण सोधेको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको सुनाए । स्पष्टीकरणबारे सञ्चारमाध्यमबाट थाहा पाएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल छलफलमा रहेको उनले बताए । तर, प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले मन्त्रिपरिषद्ले आचारसंहिता लागू हुनुपूर्व नै करको दर घटाएको जिकिर गरे ।
‘निर्वाचन आचारसंहिता लागू हुनुभन्दा अघि नै मन्त्रिपरिषद्को निर्णयले करको दर घटाइएको हो । राजपत्रमा प्रकाशन गर्न ढिला भयो । जनतालाई राहत दिने कुरालाई निर्वाचन आयोगले गम्भीरतापूर्वक हेर्नुपर्छ,’ उनले भने ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड खमा ‘वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने’ भन्ने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण