जुम्लामा सेनाको हेलिकोप्टरबाट मतपत्र ल्याइँदै
जुम्लामा नेपाली सेनाको हेलिकोप्टरमा मतपत्र पुर्याइएको छ । निर्वाचन आयोगले हेलिकोप्टरबाट मतपत्र सुर्खेतबाट जुम्ला ल्याएको हो । नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार बुधबार दुई पटक नेपाली सेनाको हेलिकोप्टरले मतपत्र ओसारेको जानकारी दिए ।
उनले कर्णाली राजमार्ग भत्किएकाले हेलिकोप्टरमा मतपत्र ल्याउनु परेको बताए। काठमाडौंबाट सुर्खेत गाडीमा आएको र सुर्खेतबाट हेलिमा जुम्ला ओसार्ने काम सुरु भएको छ । स्थानीय तहको निर्वाचनमा ठूलो ट्रकमा मतपत्र जुम्ला ल्याइएको थियो। तर यस पटक बाटो साँघुरो भएकाले हेलिमा ल्याउनु परेको बताइएको छ ।
जुम्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीस विष्णुप्रसाद गौतमका अनुसार निर्वाचन आयोगको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट बुधबार हेलिकोप्टरमा समानुपातिक तर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको छ । उनका अनुसार प्रतिनिधिसभा समानुपातिक तर्फ ७७ हजार र प्रदेशसभा समानुपातिक तर्फ ७४ हजार मतपत्र जुम्ला ल्याइ सुरक्षित गरिएको छ ।
समानुपातिकको चार हजार मत आउन बाँकी छ । मुख्य निर्वाचन अधिकृत गौतमका अनुसार बिहीबार प्रत्यक्षतर्फको मतपत्र हेलिकोप्टरबाटै ल्याइनेछ । जुम्लामा प्रत्यक्ष तर्फ प्रतिनिधिसभाको लागि ७६ हजार मतपत्र र प्रदेशसभा (क) का लागि आवश्यक ४१ हजार तथा प्रदेशसभा (ख) का लागि ३६ हजार मतपत्र माग गरिएको र त्यो मत पत्र बिहीबार सुर्खेतबाट हेलिकोप्टरमा आउने भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माका अनुसार जुम्लामा आगामी मंसिर ४ गते हुने निर्वाचनमा जम्मा मतदाता संख्या ६८ हजार ६ सय ३८ रहेको छ । जसमा प्रदेश (क) मा ३६ हजार सात सय ८३ र प्रदेश (ख) मा ३१ हजार आठ सय ५५ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण