वर्षकै ठुलो ११.११ सपिङ फेस्टिभलका लागि दराजले गर्यो १८ बैंकसँग सम्झौता
नेपालको सबैभन्दा ठुलो अनलाइन सपिङ फेस्टिभल ११.११ फेरि सुरु हुन गइरहेको छ। ११ लाख उत्पादनहरूमा ८०५ सम्मको छुटसहित दराजले ११. ११ को पाँचौँ संस्करण यही २५ कार्तिक २०७९ ९११ नोभेम्बर २०२२०मा सुरु हुने घोषणा गरेको हो।
यसका लागि दराजले नेपालका अग्रणी बैङ्कहरूसँगको साझेदारी गरेको छ। ११.११ को लागि दराजले डेबिट क्रेडिट कार्ड प्रिपेमेन्ट मार्फत २०५ (अधिकतम रु. ३०००) छुट प्रदान गर्ने गरी बैंकहरूसँग साझेदारी गरेको हो । दराज ११.११ अभियानका लागि बैंक साझेदारहरूमा नबिल बैंक, कुमारी बैंक, सानिमा बैंक माछापुच्छ्रे बैंक लिमिटेड, एभरेष्ट बैंक, सनराइज बैंक, मेगा बैंक, एनएमबि बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, एनसीसी बैंक, नेपाल एसबीआई बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, सांग्रिला बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक र कामना सेवा बैंक छन् ।
कम्पनीका अनुसार माथि उल्लिखित प्रीपेमेन्ट छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र कायम हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण