वर्षकै ठुलो ११.११ सपिङ फेस्टिभलका लागि दराजले गर्यो १८ बैंकसँग सम्झौता

नेपालको सबैभन्दा ठुलो अनलाइन सपिङ फेस्टिभल ११.११ फेरि सुरु हुन गइरहेको छ। ११ लाख उत्पादनहरूमा ८०५ सम्मको छुटसहित दराजले ११. ११ को पाँचौँ संस्करण यही २५ कार्तिक २०७९ ९११ नोभेम्बर २०२२०मा सुरु हुने घोषणा गरेको हो।
यसका लागि दराजले नेपालका अग्रणी बैङ्कहरूसँगको साझेदारी गरेको छ। ११.११ को लागि दराजले डेबिट क्रेडिट कार्ड प्रिपेमेन्ट मार्फत २०५ (अधिकतम रु. ३०००) छुट प्रदान गर्ने गरी बैंकहरूसँग साझेदारी गरेको हो । दराज ११.११ अभियानका लागि बैंक साझेदारहरूमा नबिल बैंक, कुमारी बैंक, सानिमा बैंक माछापुच्छ्रे बैंक लिमिटेड, एभरेष्ट बैंक, सनराइज बैंक, मेगा बैंक, एनएमबि बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, एनसीसी बैंक, नेपाल एसबीआई बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, सांग्रिला बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक र कामना सेवा बैंक छन् ।
कम्पनीका अनुसार माथि उल्लिखित प्रीपेमेन्ट छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र कायम हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म