इथियोपियामा भएको युद्धविरामलाई सहयोग गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह

संयुक्त राष्ट्रसङ्घीय प्रमुखले इथियोपियामा भएको युद्धविरामलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । इथियोपियाको सरकार र यहाँ हिंसात्मक युद्ध गरिरहेको विद्रोहीका बीचमा भएको युद्धविरामलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले सो आग्रह गरे ।
दक्षिण अफ्रिकाको पिर्टोरियामा गएका केही दिनदेखि इथियोपियाको सरकारका प्रतिनिधि र यहाँको टिगरे क्षेत्रमा गएका केही वर्षदेखि हिंसा जारी राखेको विद्रोही समूहका बीचमा शान्ति वार्ता भएको थियो ।
सो वार्तापछि बुधबार यी दुवै पक्ष तत्कालै युद्ध विराम गर्न सहमत भएका बताइएको छ । सो युद्ध विरामको संयुक्त राष्ट्रसङ्घ र विश्व समुदायले नै स्वागत गरेको छ । संयुक्त राष्ट्रसंङ्घ महासचिव गुटरेसले पनि सो क्षेत्रमा युद्धविरामको स्वागत गर्दै इथियोपियाली नागरिक र विश्व समुदायलाई यस कार्यको स्वागत गरी आवश्यक सहयोग गर्नुपर्ने बताए ।
उनले टिगरे क्षेत्रमा जारी रहेको हिंसाका कारण यहाँको जनजीवन अन्त्यन्तै प्रभावित भएको भन्दै यसबाट नागरिकको शान्तिपूर्ण र स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारको सम्मान गर्न तथा देशमा शान्ति स्थापना गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।
विश्व समुदायले पनि युद्ध विराम यहाँको पहिलो पाइला भएको भन्दै आगामी दिनमा यहाँ शान्ति स्थापना गर्नका लागि सबै लाग्नुपर्नेमा जोड दिएका छन् । बुधबार इथियोपियाली सरकार र उत्तरी इथियोपियाली टिगरे क्षेत्रका विद्रोहीका तर्फबाट तोकिएका वार्ता टोलीका तर्फबाट एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी तत्कालका लागि युद्धविराम गर्न सहमत भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार
-
आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
-
स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ
-
जस्मिन पेन्ट्सले उत्कृष्ट ५० डिलरलाई अष्ट्रेलिया भ्रमणमा पठायो
-
लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती समारोह सुरु