इथियोपियामा भएको युद्धविरामलाई सहयोग गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह
संयुक्त राष्ट्रसङ्घीय प्रमुखले इथियोपियामा भएको युद्धविरामलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । इथियोपियाको सरकार र यहाँ हिंसात्मक युद्ध गरिरहेको विद्रोहीका बीचमा भएको युद्धविरामलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले सो आग्रह गरे ।
दक्षिण अफ्रिकाको पिर्टोरियामा गएका केही दिनदेखि इथियोपियाको सरकारका प्रतिनिधि र यहाँको टिगरे क्षेत्रमा गएका केही वर्षदेखि हिंसा जारी राखेको विद्रोही समूहका बीचमा शान्ति वार्ता भएको थियो ।
सो वार्तापछि बुधबार यी दुवै पक्ष तत्कालै युद्ध विराम गर्न सहमत भएका बताइएको छ । सो युद्ध विरामको संयुक्त राष्ट्रसङ्घ र विश्व समुदायले नै स्वागत गरेको छ । संयुक्त राष्ट्रसंङ्घ महासचिव गुटरेसले पनि सो क्षेत्रमा युद्धविरामको स्वागत गर्दै इथियोपियाली नागरिक र विश्व समुदायलाई यस कार्यको स्वागत गरी आवश्यक सहयोग गर्नुपर्ने बताए ।
उनले टिगरे क्षेत्रमा जारी रहेको हिंसाका कारण यहाँको जनजीवन अन्त्यन्तै प्रभावित भएको भन्दै यसबाट नागरिकको शान्तिपूर्ण र स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारको सम्मान गर्न तथा देशमा शान्ति स्थापना गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।
विश्व समुदायले पनि युद्ध विराम यहाँको पहिलो पाइला भएको भन्दै आगामी दिनमा यहाँ शान्ति स्थापना गर्नका लागि सबै लाग्नुपर्नेमा जोड दिएका छन् । बुधबार इथियोपियाली सरकार र उत्तरी इथियोपियाली टिगरे क्षेत्रका विद्रोहीका तर्फबाट तोकिएका वार्ता टोलीका तर्फबाट एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी तत्कालका लागि युद्धविराम गर्न सहमत भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण