सत्ता गठबन्धनका उम्मेदवार जिताउन जिल्ला अध्यक्षहरूको आग्रह
बारामा ५ दलीय वाम लोकतान्त्रिक गठबन्धन दलका जिल्ला अध्यक्षहरूले सत्ता गठबन्धन उम्मेदवारहरूलाई जिताउन आफ्ना नेता कार्यकर्ता र मतदाताहरूलाई परिचालन गर्ने निर्णय गरेका छन् ।
५ दलीय गठबन्धन दलका जिल्ला अध्यक्षहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आ आफ्ना नेता, कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेसका बारा जिल्ला अध्यक्ष राजेश राय यादवको नेतृत्वमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रभुप्रसाद यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष नवल किशोर सिंह, नेकपा एसका बारा जिल्ला अध्यक्ष बिजेन्द्र चौधरी, राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष जीवनकुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।
विज्ञप्‍तिमा सत्ता गठबन्धनका उम्मेदवारहरुको पक्षमा प्रचारप्रसार गर्न जिल्ला स्तरीय सयन्त्र बनाउने, ५ दलीय गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रत्येक दलले आ–आफ्नो नेता कार्यकर्ता परिचालन गर्ने र शनिबार सम्पूर्ण उम्मेदवारहरुसँग छलफल गर्ने निर्णय समेत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण