बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आज सुन्दरबजार नगरपालिकामा सार्वजनिक विदा

शुक्रबार, १८ कात्तिक २०७९, ०८ : ३२
शुक्रबार, १८ कात्तिक २०७९

लमजुङको  सुन्दरबजार नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा आज नगरपालिका भर सार्वजनिक विदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गरी हरिबोधिनी एकादशीका दिन नगरपालिका कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा मातहतका संघ संस्थामरुमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।

नगर कार्यपालिकाको छैटौं बैठकले उक्त विदा दिने निर्णय गरेको हो । सुन्दरबजार नगरपालिका(७ पाउँदी स्थित कर्मदा नदीका शिवजी मन्दिरमा एकादशी मेला लाग्ने गर्दछ ।

एकादशी मेला भर्नको लागि पाउँदीमा ठूलो भीड लाग्ने हुँदा यस क्षेत्रका कार्यालय, विद्यालय र संघसंस्थाहरु प्रभावित बन्दै आएका थिए । पाउँदी स्थित मर्स्याङ्दी किनारमा मेला भर्ने भक्तजनहरुको भीड लाग्ने गर्दछ भने फूलको डोली तार्न गाउँबाट भक्तजनहरु पाउँदी घाटमा नुहाउन आउने गर्दछन् ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप