जित्नैपर्ने दबाबमा इङ्ग्ल्यान्ड
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज शनिबार इङ्ल्यान्डले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । अष्ट्रेलियामा जारी आठौं संस्करणको सुपर १२ को अन्तिम खेलमा इङ्ल्यान्डले श्रीलंकासँग खेल्न लागेको हो ।
सिड्नीमा हुने इङ्ल्यान्ड र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।
इङ्ल्यान्ड र श्रीलंका बीचको खेलको नतिजाले इङ्ल्यान्ड र अस्ट्रेलिया मध्य कुन टोली सेमिफाइनलमा पुग्ने भन्ने निश्चित हुनेछ । आजको खेलमा इङ्ल्यान्ड पराजित भए अस्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ भने इङ्ल्यान्डले जित निकाल्न सके अष्ट्रेलिया बाहिरिनेछ ।
श्रीलंका भने प्रतियोगिताबाट बाहिरिसकेको छ । सुपर १२ को समूह २ मा न्युजिल्यान्डले ५ खेलबाट ७ अंक जोडेर आफूलाई सेमिफाइनलमा पुर्याइसकेको छ । यता अष्ट्रेलिया पनि ७ अंक जोडेर दोस्रो स्थानमा छ । तर, नेट रन रेट माइनसमा भएका कारण आजको खेलमा इङ्ग्ल्यान्डको हार अष्ट्रेलियालाई फाइदा पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण