‘मङ्सिर ४ पछि देशैभर सूर्य ध्वजावाहक झण्डा फराउन जनता आतुर छन्’
आसन्न प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नवराज सिलवाल उम्मेदवार बनेका छन् । २०७४ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका सिलवाल दोस्रोपटक चुनाव जित्ने दाउमा छन् । प्रस्तुत छ चुनावी धरदैलोमा रहेका सिलवालसँग गरिएको कुराकानी :
यो भन्दा पहिलो यस क्षेत्रबाट निर्वाचित हुनुभयो । अब दोस्रो पटक निर्वाचित भएपछि के के काम गर्ने योजना अघि सार्नु भएको छ ?
मैले यसअघि ५ वर्षमा कोरोना महामारीका बावजुद पनि धेरै काम गरे । देशकै सबैभन्दा ठुलो सभा हल निर्माण भयो । खानेपानी, सडक, पूर्वाधार निर्माण, कृषि र पर्यटन क्षेत्रमा धेरै काम भए । दक्षिण ललितपुरलाई कर्णाली भनेर चिनिन्छ । त्यसलाई बिस्तारै सुगम बनाउँदै लगिएको छ । दक्षिण ललितपुर बगुवाबाट हास्लाङ, गिम्दी, ठुलो दुर्लुङ हुँदै लेलेलाई जोडेर रिङ रोड बनाउने अभियानलाई अघि बढाएका छौ । ललितपुरको विकास निर्माणमा जग बसालेका छौ । अब त्यो जग पुरा गरी निर्माण गर्न एमालेलाई विजयी गराउनै पर्छ ।
अहिले खानेपानी, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने सोचेका छौ । यस क्षेत्रमा झण्डै ८२ समुदायक वन छन् । ती वनबाट आर्थिक रूपमा समृद्धि हासिल गर्ने योजना बनाएको छ । पशुपालनलाई व्यावसायिक रूपमा अघि बढाउन सकिन्छ । अबको एजेण्डा भनेको आर्थिक रूपमा सबल परिवार बनाउने हो । हरेक युवालाई रोजगारीको ग्यारेन्टी गर्ने हो । घरमा बसेका महिला दिदीबहीनीहरुलाई स–साना उत्पादन कार्यमा जोड्ने लक्ष्य बनाएको छ ।
यस भन्दा अघि पनि यस्तै विकास निर्माण बाटो घाटो, सडक, पुलपुलेसा, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत आधारभूत एजेण्डा नै थिए । अहिलेपनि उस्तै एजेण्डा अघि सार्नु भएको छ । यस्ता एजेण्डा बोकेर कहिलेसम्म जनतामा गई रहनुहुन्छ ?
पत्रकार साथीहरुले देशलाई बुझ्नु भएकै छैन । मैले अघि नै भनि सके दक्षिण ललितपुरमै अझै सडक चाहिएको छ । सडक मात्रै भएर पुगेन गुणस्तरीय सडक चाहिएको छ । अहिलेपनि गुणस्तरीय विद्यालय र स्वास्थ्य चौकी चाहिएको छ । खानेपानीको पाइप घरघर पुगेको छैन । हामी यस्ता आधारभूत विकास निर्माणमै अल्झिएका छौ । अब थप केही काम गर्न सकेमा देखिन सक्छ । त्यसपछि मात्रै शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्रगति देखिने छ । त्यसबाट मात्रै गरिब निमुखा जनताले आधारभूत आवश्यकता पाएको महसुस गर्ने छन् । हामीले खास गरेर मुख्य युवा रोजगारी सृजना गर्ने विषयलाई मुख्य एजेण्डा बनाएका छौ ।
कांग्रेससहित पाँच दलीय गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन् । एमालेबाट तपाईं एक्लै हुनुहुन्छ । तपाईंका लागि गठबन्धन भारी हुन्छ होला नि ?
एमाले यति ठुलो दल हो । यति धेरै जनताको आड भरोसा र विश्वास छ । अहिले पनि संसद्को सबैभन्दा ठुलो दल एमाले हो । एमालेलाई कुनै दलको वैशाखी चाहिँदैन । अरू दल एमालेसँग एक्लै भिड्न डराएर गठबन्धन बनाएका छन् । त्यसरी बनाएको गठबन्धनको कुनै धरातल छ ? कुनै सिद्धान्त, विकास र दृष्टिकोण छ ? त्यो गठबन्धन खाली जनतालाई ढाँट्ने लुट्ने खाने मात्रै हुन । गठबन्धन गरेर भ्रष्टाचार गर्ने । निमुखा जनतालाई झुक्याएर खाने बाहेक दोस्रो योजना छैन । एमाले एक्लै गठबन्धन भन्दा भारी छ । चुनावपछि एमाले नेतृत्वको सरकार समेत बन्ने छ । ललितपुरका सवालमा भन्नुहुन्छ भने तीन वटै क्षेत्र एमालेले जित्दै छ । हामीले तीन क्षेत्रको सेटै जित्दै छौँ । पार्टीले अघि सारेको सुखी नेपाली समृद्धि नेपालको उद्देश्य पुरा गरेरै छोड्ने छौ ।
गठबन्धनको सरकार बनेपछि देशको हालत हेर्नुस् । पेट्रोलियम पदार्थको भाउ बढाएर जनतालाई आहत बनाएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटाउँदा समेत नेपालमा घट्दै घट्दैन । किन भन यो गठबन्धनको सरकारलाई पैसा चाहिएको छ । यहाँ जनता एक छान खान नपाएर मर्ने स्थिति छ । कसलाई मतलब होस् । अहिले जनता गठबन्धनबाट आजित छन् । जनता मङ्सिर ४ गते कुरेर बसेका छन् । यो गठबन्धनबाट जनताले मुक्ति चाहिँ रहेका छन् । मङ्सिर ४ गतेपछि देशैभर सूर्य ध्वजावाहक झण्डा फराउन जनता अतुर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
