बंगलादेशद्वारा पाकिस्तानलाई १२८ रनको लक्ष्य
आइतबार, २० कात्तिक २०७९, ११ : ४३
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले पाकिस्तानलाई १२८ रनको लक्ष्य दिएको छ । एडिलेडमा पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनायो ।
बंगलादेशका लागि नजमउल्ला सान्तोषले ५४ रनको अर्धशतकीय पारी खेले । ४८ बल खेलेका उनले ७ चौका प्रहार गरे । त्यस्तै आफिफ हुसेनले २४ रन बनाउँदा सम्य सरकारले २० रनको योगदान गरे ।
बलिङतर्फ पाकिस्तानका लागि साहिन अफ्रिदीले सर्वाधिक चार विकेट लिए ।
त्यस्तै सादाब खानले दुई विकेट लिए । आजको खेलमा जित निकाल्दै पाकिस्तान सेमिफाइनलमा पुग्ने योजनामा छ । यता बंगलादेश पनि सोही लक्ष्यमा छ । दुबै टोली चार खेलबाट ४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण