आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा दुई सय ९० मतदान केन्द्र

आइतबार, २० कात्तिक २०७९, १४ : १०
आइतबार, २० कात्तिक २०७९

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ललितपुरमा दुई सय ९० मतदान केन्द्र निर्धारण गरिएको छ ।

निर्वाचन कार्यालय ललितपुरका अनुसार दुई सय ९० मतदान केन्द्रमा एक सय ३१ मतदानस्थल र दुई वटा अस्थायी मतदान केन्द्र छनोट गरिएको छ । ललितपुरमा कूल दुई लाख ५० हजार चार सय १० मतदाता छन् ।  निर्वाचन कार्यालयसँगको समन्वयमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत अन्य कर्मचारीको व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । 

निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष बनाउनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकमा सुरक्षा व्यवस्थापन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विनोद पोख्रेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप