सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

२५ किलो गाँजासहित एक जना पक्राउ, दुई जना फरार

मङ्गलबार, २२ कात्तिक २०७९, ०७ : ०४
मङ्गलबार, २२ कात्तिक २०७९

प्रहरीले २५ केजी गाँजासहित बाराबाट एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका-१२ बारथलीका प्रेमबहादुर लोलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

लोसहित तीन जना मकवानपुर तर्फबाट गाँजा ल्याउँदै गर्दा फरार भएका थिए । तर, लो भने पक्राउ परेको हुन् । बाँकी दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूले बोकेर ल्याएको तीन वटा बोरामा क्रमशः ७, ७ र ११ किलो गरी २५ किलो गाँजा बरामद भएको बारा प्रहरी प्रवक्ता डीएसपी राजेश थापाले जानकारी दिए ।
न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप