आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जुम्लाबाट टिकट नपाएपछि थापाले पार्टी छोडे : बुढा

बुधबार, २३ कात्तिक २०७९, ०६ : ४२
बुधबार, २३ कात्तिक २०७९

नेकपा (एकीकृत समाजवादी)का जुम्ला जिल्ला सह इन्चार्ज तीर्थ बुढाले तत्कालीन जिल्ला इन्चार्ज देविलाल थापाले उम्मेदवारको टिकट नपाएपछि पार्टी छाडेको बताएका छन् । पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने -'आसन्न चुनावका लागि तत्कालीन इन्चार्ज देविलाल थापाले उम्मेदवारको टिकटको पहल गरेका थिए ।  टिकट पाएनन्, त्यही निहुँमा  थापासहितको केही व्यक्तिले फरक बाटो रोजे ।' 

वैचारिक विचलन भएर हिजो केपी शर्मा ओपीलाई प्रतिगमनकारी भन्नेहरु एमाले पार्टीमा प्रवेश गरेको बुढाले आरोप लगाए । कार्यकताहरुलाई विचलित नहुन पनि उनले अपिल गरे । उनले वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराउन सम्पूर्ण कमिटीलाई लामबद्ध भएर लाग्न अनुरोध पनि गरे ।

उनले भने -'एमालेबाट विद्रोह गर्दै समाजवादी पार्टी स्थापना गर्दा बहुमतमा थियौँ । अहिले २-४ जना पार्टीबाट छाडेर जाँदा पनि बहुमतमै छौँ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप