राष्ट्रपति भण्डारीद्वारा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण
बिहीबार, २४ कात्तिक २०७९, ०७ : ०३
राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्याण्डमा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी छिन्। विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लूपीएल) ले बुधबार राष्ट्रपति भण्डारीलाई अवार्ड प्रदान गरेको हो।
डब्लूपीएलका संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले भण्डारीलाई अवार्ड प्रदान गरिन्। राष्ट्रपति भण्डारी महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रूपमा सहभागी भएकी थिइन्। भण्डारीले त्यहाँ प्रमुख वक्ताका रूपमा सम्बोधन पनि गरिन्।
सोमबार त्यसतर्फ प्रस्थान गरेकी राष्ट्रपति भण्डारी कात्तिक २६ गते बिहान स्वदेश फर्किने कार्यक्रम तय भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण