युक्रेनको खेरसनबाट फर्किन रुसी सेनालाई मस्कोको आदेश
युक्रेनी सेनाको जबाफी आक्रमणबीच रुसले आफ्नो अभियानलाई थप ठूलो धक्का दिँदै बुधबार दक्षिणी युक्रेनको खेरसन शहरबाट आफ्ना सेनालाई फिर्ता गर्न आदेश दिएको छ। “सेना फिर्ता गर्न सुरु गर्नुहोस्,“ रुसी रक्षामन्त्री सर्गेई सोइगुले युक्रेनमा रुसी कमाण्डर सर्गेई सुरोभिकिनसँगको टेलिभिजन बैठकमा भने ।
कमाण्डरले शहरबाट फिर्ता लिने र डिनिप्रो नदीको पूर्वी किनारमा प्रतिरक्षा स्थापना गर्ने “कठिन निर्णय“ प्रस्ताव गरेका थिए । खेरसन सहर रूसले आफ्नो “विशेष सैन्य अपरेसन“ को समयमा कब्जा गरेको पहिलो सहरी केन्द्र थियो र फेब्रुअरी २४ मा आक्रमण सुरु भएदेखि मस्कोको सेनाद्वारा नियन्त्रित एक मात्र क्षेत्रीय राजधानी थियो ।
युक्रेनका सेनाले हप्तौंदेखि ब्ल्याक सी नजिकैको सहर जाने बाटोमा रहेका गाउँहरू कब्जा गर्दै आएका छन् र खेरसनमा क्रेमलिनद्वारा स्थापित नेताहरूले सर्वसाधारणलाई बाहिर निकालिरहेका छन्। तर, युक्रेनले रुसी घोषणाप्रति शंकास्पद प्रतिक्रिया दिएको छ । युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले केही रुसी सेना शहरमा रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण