३० अर्बको ट्रेजरी बिल्स सोझै बिक्री गर्दै सरकार
सरकारले ३० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स सोझै बिक्री गर्ने भएको छ । कात्तिक २५ गते बिक्री गर्ने गरी सरकारले नेपाल राष्ट्र बैंकमार्फत बिहीबार दिउँसो २ बजे ट्रेजरीको बोलकबोल गर्ने भएको हो ।
नेपाल सरकारको उक्त ट्रेजरी बिल्सको सोझै खरिद बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।
सूचना अनुसार इच्छुक खरिद कर्ताले काउण्टर पार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाण बराबरको मूल्यसहित प्रस्ताव गर्नुपर्नेछ । खरिदकर्ताले न्यूनतम ५ करोड वा ५ करोडले भाग गर्दा निःशेष भाग जाने रकमसम्मका लागि माग गर्न सक्नेछ ।
सोझै खरिद बोलकबोलको रकम बाँडफाँट गर्दा बोलबमोजिमको वार्षिक प्रतिफल दर (याड रेट) गणना गरी सबभन्दा बढी प्रतिफल दर बोल गर्ने काउण्टरपार्टीलाई प्राथमिकता क्रममा राखी आव्हान गरेको रकम क्रमशः बाँडफाँड गरिने बैंकले जनाएको छ ।
बोलकबोलमा संलग्न काउण्टर पार्टीले कात्तिक २४ गते बिहीबार दिउँसो २:१५ बजेभित्र बोलकबोल गरेका ट्रेजरी बिल्सको सक्कलै प्रति राष्ट्र बैँकमा बुझाउनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण