मनाङमा ०७४ का प्रतिस्पर्धीबीच नै पुनः भिडन्त
बिहीबार, २४ कात्तिक २०७९, १२ : १०
मनाङबाट प्रतिनिधिसभा सदस्यका लागि पूर्व प्रतिस्पर्धीबीच नै पुनः भिडन्त हुने भएको छ । यो निर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसका टेकबहादुर गुरुङ र एमालेबाट पोल्देन छेपाङ गुरुङबीच प्रतिस्पर्धा हुने भएको हो । उनीहरू यसअघि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा थिए ।
०७४ को निर्वाचनमा वाम गठबन्धनबाट एमालेका पोल्देन छेपाङ गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनीहरू दोस्रोपटक चुनावमा आमनेसामने छन् ।
यसअघि पूर्व श्रम तथा रोजगार राज्यमन्त्री र कांग्रेस मनाङका सभापतिसमेत रहेका कांग्रेसका उम्मेदवार गुरुङलाई २७१ मतले हराउँदै पोल्देन छोपाङ विजयी भएका थिए । पोल्देन छोपाङले २३ सय मत प्राप्त गरेका थिए । टेकबहादुर गुरुङले दुई हजार २१ मत प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण